प्र
नवलपरासी- बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच बिहीबार दिउँसो झडप भएको छ। पाँच नम्बर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडपको भएको हो।
अनिश्चितकालीन बन्द घोषणा गरिएको बुटवलमा दिउँसो प्रदर्शनकारीले पुष्पलाल पार्कमा रहेको स्तम्भ भत्काउन खोजेपछि प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका थिए। केहीबेरमा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेपछि झडप भएको हो। अहिले दुबै पक्षले एकअर्कामाथि ढुंगा प्रहार गरिरहेका छन्।
प्रदर्शनकारीले स्तम्भको रेलिङ भाँचिदिएका छन् । प्रहरीले अहिले स्तम्भलाई घेरेर राखेको छ। कुनै संस्था वा दलले नेतृत्व नगरेको सो प्रदर्शनकारीको समूहले स्तम्भ भत्काउने प्रयास गरेको थियो।
पुष्पलाल पार्कमा पहिला राजा महेन्द्रको सालिक रहेको थियो। गणतन्त्र आएपछि माओवादीले त्यहाँ कम्युनिष्ट स्तम्भ स्थापना गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्