×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पुनर्संरचनाको काम नसकी स्थानीय तहको निर्वाचन गरेमा त्यसले कुनै अर्थ राख्दैन; : झलनाथ खनाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘पुनर्संरचनाको काम नसकी स्थानीय तहको निर्वाचन गरेमा त्यसले कुनै अर्थ राख्दैन; : झलनाथ खनाल

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको पुनर्संरचनाको काम नसकी गरिने स्थानीय तहको निर्वाचनले कुनै अर्थ नराख्ने बताएका छन्।  उनले अबको १३ महिनामा तीन वटै तहको निर्वाचन गराउन संभव नभएको बताए। उनले सरकारले प्राथमिकताको आधारमा चुनाव किटान गर्नुपर्ने बताए।
नेकपा एमालेको चार महिने जनपरिचालन अभियान अन्तर्गत नेकपा एमाले क्षेत्र नम्बर–१ ले इलामको दानाबारीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता खनालले देशमा संवैधानिक संकट आउन नदिन केन्द्रको चुनावलाई पहिलो प्राथमिकता दिनुपर्ने सुल्झाए। नेता खनालले केन्द्रको चुनाव पहिला गर्दा स्थानीय र प्रतिनिधि सभा बन्ने भएकाले यसले संवैधानिक संकट मोचनका लागि काम गर्न सक्ने बताए । 
देशमा संविधान र संघीयता कार्यान्वयनको मुद्दा जटिल बन्दै गएपछि नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई जोड दिएको नेता खनालले बताए। उनले भने,ुयसका लागि पुनर्संरचनाको कामलाई जतिसक्दो चाँडो बिना विवाद टुङ्ग्याउनु पर्छ।ु नेता खनालले नेपालको राजनीतिक इतिहासमा हिमाल, पहाड र  राई अलग पहिचानमा कहिल्यै नरहेको बताए। 
अहिले प्रयास भइरहेको जस्तो हिमाल, पहाड र तराईलाई अलग गर्ने कुरा एमालेलाई मान्य नहुने बताए। उनले भारतको निर्देशन र दबाबमा हिमाल, पहाड र तराईलाई छुट्याउन केहि व्यक्ति लागिपरेको बताए। पूर्वप्रधानमन्त्री खनालले हिन्दी भाषा नेपालको राष्ट्रिय भाषा हुन नसक्ने बताए। 
नेपालमा बोलिने १ सय २५ मातृभाषामध्ये हिन्दी कसैको मातृभाषा नरहेको उनले बताए। उनले भने–‘उत्तरतिरका नेपालीले चाइनिज भाषा बुझ्न र बोल्न पनि जान्दछन्, यसको अर्थ चाइनिजलाई पनि राष्ट्रिय भाषा बनाउने भन्ने होइन,ुखनालले भने। कार्यक्रममा प्रदेशसभा सदस्य मणिकुमार लिम्बू, सांसद प्रेम गिरी, नेकपा एमाले इलामका अध्यक्ष राम राना, सचिव महेश बस्नेत, खिनु लङ्वालगायतले कार्यकर्तालाई सम्बोधन गरेका थिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी