
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ प्रस्थान गर्नुभएको छ ।
मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिवलको प्रमुख अतिथिका रुपमा पर्यटनमन्त्री शाही गएराति अस्ट्रेलिया जानुभएको हो ।
उहाँका साथमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महर पनि अस्ट्रेलिया जानुभएको छ । मन्त्री शाहीले आजै ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालको संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले प्रस्थान अघि बताउनुभयो ।
“सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियामा फेस्टिवलको आयोजना गरिनु अत्यन्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धिसमेत हो,” मन्त्री शाहीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार सुनिल सापकोटाले राससलाई जानकारी दिनुभयो ।
नेपाल फेस्टिवलमा भिक्टोरियाका बहुसंस्कृति तथा अर्थमन्त्री रबिन स्कट पनि विशेष अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएका छन् । त्यहाँ रहँदा मन्त्री शाहीले केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नसक्ने सम्भावना रहेको छ । मन्त्री शाही २१ डिसेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्