
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जिल्लामा पहिलो पटक बृहत साहित्य सम्मेलन गरिएको छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघले २२ औं स्थापना दिवसमा शुक्रबार पहिलो पटक जुम्लामा साहित्य सम्मेलन गरेको हो। सम्मेलनमा साहित्यकारले गजल, कविता तथा साहित्यिक कृति प्रस्तुत गरेका थिए र साहित्य सम्बन्धी अनुभवहरु साटासाट गरेका थिए।
भ्रष्टाचार विरोधी, महिला अधिकार, देशको समसामयिक अवस्था, भूकम्प, शिक्षाको अवस्था र विभिन्न प्रकारका अधिकारहरुका विषयमा गजल तथा कविताहरु सम्मेलनमा प्रस्तुत गरिएका थिए। त्यस्तै विभिन्न प्रकारका गीत तथा नाचहरु समेत प्रस्तुत गरिएका थिए। साहित्यकारहरु रमानन्द आचार्य, प्रकाशचन्द्र खत्री, यमराज कार्की, जंगबहादुर बुढा, जंग बहादुर शाही, गणेश आचार्य, रुपा भट्टराई, विष्णु सापकोटा, कमल महत, कृष्ण बुढा लगायत ३२ जना साहित्यप्रेमी जिज्ञासुहरुले गजल तथा कविता वाचन गरेका थिए।
साहित्य सम्मेलनका प्रमुख अतिथि खसिया आखार जुम्लाका प्रधान सम्पादक रमानन्द आचार्यले खलंगामा पहिलो पटक साहित्य सम्मेलन हुनु इतिहासको पहिलो घटना भएको बताए। यसले यहाँको भाषा, साहित्य, संस्कृति, र कलाको संरक्षणमा सहयोग गर्ने प्रधान सम्पादक आचार्यको भनाई छ। नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य महेश नेपालीले बृहत साहित्य सम्मेलनले जिल्लामा भएका साहित्य अनुरागीहरुलाई साहित्यको महत्व र यसले पार्ने प्रभावका बारेमा जानकारी दिए।
सम्मेलनमा स्थानीय साहित्यकारदेखि राष्ट्रियस्तरका साहित्यकार तथा लेखकहरुद्धारा लिखित ९० पुस्तक र नेपाल मजदुर किसान पार्टीका प्रकाशित ४० वटा बुलेटिन प्रर्दशनी गरिएको थियो। पुस्तक प्रदर्शनीमा करिब ६ सय जनाले विभिन्न प्रकारका किताबहरु पढ्ने तथा अवलोकन गरेको आयोजकले जनाएको छ। कवि तथा मध्यपश्चिम गजल प्रतिष्ठान शाखाका अध्यक्ष गणेश आचार्य भुर्तेल बाबुले यस्ता सम्मेलनले साहित्य सर्जकहरुलाई उर्जा दिएको जनाए। उनले छिट्टै गजलकारहरुको भेला कार्यक्रम गर्ने बताए।
कवि यमराज कार्की बैरागी बाबुले साहित्य सम्मेलनले यस्ता कार्यक्रमहरु निरन्तरता दिन घचघच्याएको बताए। लामो समयदेखि कवितामा नै जीवन बिताउदा व्यवसायिक रुपमा चुनौतफ देखिएकाले अब साहित्यलाई व्यवस्थित गर्दै लैजानुपर्ने कुरा उनले राखे। जुम्ला बहुमुखी क्याम्पस जुम्लाका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले साहित्यकारहरुको भेला आगामी दिनमा हुनुपर्ने सल्लाह दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्