Skip to content
LAXMI SUNRISE BANK

एमाले अध्यक्ष ओलीको चीन भ्रमण रद्द

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – चीनमा हुने एक अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन जाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुर्व निर्धारित कार्यक्रम रद्द भएको छ ।
मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उनले चीन जाने कार्यक्रम रद्द गरेका हुन् । चीनको हेवाइ प्रान्तमा यही बिहीबारदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम थियो ।
यद्यपि, व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो मञ्चमा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिने पोखरेलका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन भनेर आजको दृस्टी न्युज डटकमले जनाएको छ ।
  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK