
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले कैलाली कञ्चनपुरलाई टुक्र्याउन मन्त्रीपरिषद्मा गोप्य प्रस्ताव लगिएको दावी गरेका छन् ।
मन्त्रीपरिषद्ले कैलाली कञ्चनपुरलाई विवादित जिल्लामा राखेर पछि टुक्र्याउने गरी प्रस्ताव पारित गरेको नेता रावलको दावी छ । ‘कैलाली कञ्चनपुर लगायत जिल्लालाई विवादित जिल्लाको सूचिमा राखेर पछि गएर टुक्र्याउने षड्यन्त्रसहित मन्त्रीपरिषद्मा गोप्य निर्णय भएको छ,’ रावलले भने, ‘मुलुकलाई टुक्र्याउने षड्यन्त्रपूर्ण गोप्य निर्णय भएको छ ।’
अहिलेको सरकार मुलुकमा बिखण्डन निम्त्याउनतर्फ लागेको आरोप लगाउँदै उनले संविधान संसोधन प्रस्ताव त्यसैको योजना अनुरुप आएको बताए ।
पार्टीको ४ महिने जनपरिचालन अभियान अन्तर्गत नेकपा एमाले अछामले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला अछाम आएका रावलले मंगलबार प्रेस चौतारी नेपाल अछामले आयोजनामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले भित्रभित्रै मुलुकलाई टुक्र्याउने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् । ‘मन्त्रीपरिषद्का अरु निर्णय सार्वजनिक गरिएपनि त्यो निर्णय भने सार्वजनिक गरिएन,’ उनले भने, ‘यी र यस्ता पछिल्ला घटनाक्रमले मुलुक विखण्डनतर्फ जाने खतरा रहेको छ ।’
रावलले संविधान संशोधन प्रस्ताव नेपालका लागि नभई विदेशीलाई खुसी पार्न ल्याइएको टिप्पणी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्