×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कलाकारको पहिलो चलचित्रबाट कमाइ : राजेश हमालको १३ हजार, दयाहाङ र सौगातको ३० हजार, अरुको कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कलाकारको पहिलो चलचित्रबाट कमाइ : राजेश हमालको १३ हजार, दयाहाङ र सौगातको ३० हजार, अरुको कति ?

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

कलाकारले महँगो पारिश्रमिक लिन्छन् भन्ने तथ्य अहिले बजारमा ‘हट केक’ नै भएको छ । फलानो नायक यति महँगो वा फलानी नायिका यति महंगी भन्ने चर्चा चलिरहेको छ । तर अहिले निकै महँगो मानिएका कलाकारको पहिलो चलचित्रबाट कमाइ कति थियो होला त ? हामीले केहि कलाकारहरुको पहिलो चलचित्रबाट भएको कमाईबारे सोधपुछ गरेका थियौं । 
राजेश हमाल / निखिल उप्रेती
राजेश हमालले अभिनय गरेको पहिलो चलचित्र हिरो बाट १३ हजार रुपैयाँ लिएका थिए । त्यतिबेला उक्त रकम राम्रै इनामको रुपमा लिने गरिन्थ्यो । उनले अभिनय गरेका पछिल्लो चलचित्र देउतामा उनले २ लाख पारिश्रमिक पाएका थिए भने चलचित्र हिरोबाट १ लाख २५ हजार रुपैयाँ पाएका थिए । पछिल्लो चलचित्र बागमतीबाट उनले ५ लाख पारिश्रमिक पाएका थिए । महानायकको रुपमा परिचित हमालले नेपाली चलचित्रमा कब्जा जमाएका बेला उनको पारिश्रमिक डेढ लाख हाराहारीमा थियो ।  निखिल उप्रेतीले आफुले अभिनय गरेको पहिलो चलचित्र पिंजडामा डेढ लाख रुपैयाँ लिएका थिए । १ लाख ६५ हजारमा ‘एग्रीमेन्ट’ भएको भएपनि पछी डबिङ नगरेकाले १५ हजार घटाइएको थियो । उनले अभिनय गरेको चलचित्र परिचयमा उनले १० लाख पारिश्रमिक लिएका थिए भने अहिले उनको रेट १२ लाख छ । 
आर्यन सिग्देल /  रेखा थापा 
आर्यन सिग्देलले पहिलो चलचित्र किस्मतमा २० हजार लिएका थिए । पछी सानो संसारमा २ लाख ५० हजार लिएका सिग्देलले लज्जामा २ लाख रुपैयाँ लिएका थिए । उनले सबैभन्दा महँगो शुल्क नोभेम्बर रेन चलचित्रमा लिएका थिए।  उक्त चलचित्रमा उनको पारिश्रमिक ८ लाख थियो ।  यता रेखा थापाले पहिलो चलचित्र हिरोबाट २१ हजार कमाएकी थिईन् । अन्दाज र रावण मा १ लाख २५ हजार लिएकी रेखाले हिरो रिटन्र्समा ५ लाख रुपैयाँ लिएकी छिन् । 
अनमोल केसी / दयाहाङ राई / सौगात मल्ल 
पहिलो चलचित्र होस्टेलमा १ लाख ७५ हजार लिएका अनामोलले जेरीमा साँढे ५ लाख लिएका थिए । गाजलुमा 8 लाख लिएका उनले गाजलु चलचित्रबाट ८ लाख लिएका थिए । निकै नै महँगो कलाकारको रुपमा चिनिएका उनले चलचित्र ‘कृ’मा  २० लाख रुपैयाँ लिएका छन् । पहिलो चलचित्र दासढुंगाबाट ३० हजार रुपैयाँ लिएका दयाहाङ राइले लुटमा ५० हजार लिएका थिए । लुट टुमा उनले ६ लाख रुपैयाँ लिएका छन् । यता पहिलो चलचित्र दासढुंगामा ३० हजार रुपैयाँ लिएका सौगात मल्लले लुटमा ५० हजार लिएका थिए । उनले लुट २ मा ६ लाख पारिश्रमिक लिएका छन् ।  
प्रियंका कार्की / केकी अधिकारी
पहिलो चलचित्र मेरो बेष्टफ्रेन्डमा १ लाख २० हजार लिएकी प्रियंकाले नाइँ नभन्नु ल २ र ३ मा ३ लाख, छक्का पञ्जामा ३ लाख र सुन्तली, ह्याप्पी डेज, मालामा ४ लाख  लिएकी हुन्।  यता केकी अधिकारीले पहिलो चलचित्र स्वरबाट १ लाख, महसुसबाट २ लाख, बागमतीबाट ४ लाख र लभसासा, ऐश्वर्य, घामपानी : ३-३ लाख
रुपैयाँ लिएकी थिईन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: