×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुख्य तीन दलले निर्वाचन चाहेनन् :अध्यक्ष थापा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुख्य तीन दलले निर्वाचन चाहेनन् :अध्यक्ष थापा

Artha Sarokar

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – राप्रपाका  कमल थापाले प्रमुख तीन दल स्थानीय निकायको निर्वाचन गराउन गम्भीर नदेखिएको आरोप लगाएका छन् । गोरखामा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले मुख्य दल सत्ता केन्द्रित भएको बताए ।
अध्यक्ष थापाले ठूला दलका केही सीमित नेताले सिन्डिकेट लगाएर देशमा ब्रह्मलुट गरेको जिकिर गरे । ०६२(६३ को जनआन्दोलनपछि लोकतन्त्र आयो भन्दै सिन्डिकेटतन्त्र हावी भएको उनको भनाइ छ । संविधानको धारा ३०३ मा स्थानीय निकायको निर्वाचन गराउने भने पनि सत्तामा रहेका दलका नेताले नै चुनाव गराउन आलटाल गरिरहेको उनले बताए ।
मुख्य दलका नेताहरूले पटक–पटक बोली फेर्दा १९ वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन नसकेको भन्दै अध्यक्ष ठूला दलको सत्ता लिप्सा र गलत नीतिका कारण जनता वाक्क भइसकेको बताए । सत्तामा पुग्न विदेशीको आशीर्वाद चाहिन्छ भन्ने भावनाको विकास भएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
०६२(६३ को आन्दोलनलाई परिवर्तन भन्दै संस्थागत गर्ने नाममा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर हिन्दू राष्ट्रको पहिचान मेटाइएको भन्दै उनले देशलाई धार्मिक द्वन्द्वमा फस्न नदिन राप्रपा हिन्दू राष्ट्र बनाउने संकल्पका साथ अघि बढेको बताए । पछिल्लो समय जातीय, क्षेत्रीय र साम्प्रदायिक भावना बढेर गएको भन्दै उनले यसलाई ठीक तरिकाले व्यवस्थापन गर्न नसकिए देश टुक्रन सक्ने बताए ।
सभालाई सम्बोधन गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराले अखण्ड नेपाल कायम राख्नका लागि दुई राप्रपा एक भएको बताए । उनले पार्टी हिन्दू राष्ट्रको ‘चिराग’ लिएर मेची–महाकाली यात्रामा निक्लिएको बताए ।आजको नयाँ पत्रिका दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी