×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राज्य हिन्दु राष्ट्र कायम भएरै छाड्छ : कमल थापा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल राज्य हिन्दु राष्ट्र कायम भएरै छाड्छ : कमल थापा

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – देश टुक्र्याउने प्रयत्न भइरहेको छ । त्यसविरुद्ध ज्यानको आहुति दिन पनि राप्रपा पार्टी तयार छ । राप्रपाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न दिनेछैन । विखण्डनकारीहरुबाट देश टुक्राउने डरलाग्दो खतरा बढीरहेको छ । विद्यमान अवस्थामा देश भुसको आगो माथी उभिएको छ ।
यही देशको अखण्डतालाई अक्षुण राख्नका लागि नै दुइ पार्टी एक भएको हो । ठुला दलले नेपाली जनताको अभिमत बिनै धर्म निरपेक्षता जबरजस्ती लादे । त्यसैले हिन्दु राष्ट्र पुनस्थापना गर्नेकै लागि दुई पार्टीबीच एकीकरण भएको हो । दावाका साथ भन्छु,नेपाल राज्य हिन्दु राष्ट्र कायम भएरै छाड्छ । हामी हिन्दुराष्ट्र कायम गराएरै छाड्छौं ।
मुलुक संवैधानिक संकटतर्फ धकेलिने खतरा बढ्दै गएको छ भने आत्मसमर्पणवादी प्रवृती हावी हुँदै गएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: