
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश सङ्कटको चक्रव्यूहमा फसेको बताउनुभएको छ ।
लायन्स फिटनेस क्लबको आज भक्तपुर नगरपालिका लिबालीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने काम गरेकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको हो ।”
अध्यक्ष थापाले नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबीच एकीकरण भएको चर्चा गर्दै राप्रपा जनताले रोजेको दल हुने दाबी गर्नुभयो ।
भूमिसुधारमन्त्री विक्रम पाण्डेले मुलुकको विकास र समृद्धिका लागि नेपाली युवा वर्गलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
राप्रपाका केन्द्रीय सदस्य दीनेश श्रेष्ठ, क्लबका अध्यक्ष राजेन्द्र लाखालगायतले युवा वर्गलाई समेटेर राप्रपा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्