
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रसाशनले कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ६ बजेदेखि लागु हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको हो।
स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकबाट पूर्वमा बाणिज्य बैंक सम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी चोक हुँदै उत्तरमा भिक्षु चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि कपिलवस्तुको सदरमुकाम तौलिहवामा मधेशी मोर्चाले समर्थनमा र प्रतिपक्षी दल एमाले लगायतका दलले विरोधमा प्रदर्शन गर्दै आएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्