
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – गणेशमान सिंह केन्द्रले यस वर्ष नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ र श्यामलाल श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
विसं २०६९ मा स्थापित सो केन्द्रले पहिलो चरणमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १० वर्षभन्दा बढी समय कारागार जीवन बिताएका नेतालाई सम्मान गर्ने योजना बनाएको छ ।
केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले सिंहको सङ्घर्षमय जीवन र वैचारिक पाटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने त्यागी पुराना नेतालाई सम्मान गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले अबको नयाँ पुस्ताले इतिहासको पनि अध्ययन गर्नुपर्ने बताउँदै सिंहको निष्ठाको राजनीति सबै दलका राजनीतिकर्मीले आदर्श र प्रेरणाका स्रोतका रुपमा लिनुपर्नेमा पनि जोड दिनुभयो ।
केन्द्रले आगामी पुस २ गते सो सम्मान दिने कार्यक्रम छ । केन्द्रले जर्मनी र बेल्जियममा आफ्नो शाखा गठन गरिसकेको र अन्य मुलुकमा विस्तार गर्ने क्रममा रहेको बताइएको छ । केन्द्रले हालसम्म काठमाडौँ उपत्यकाका कलेजस्तरका करिब २५० विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्