
काठमाडौं – माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय कस्ले लिने भन्ने विवादले उग्र रुप लिएको छ । दुवै समूहबीच हानाथाप बढेसँगै अहिले यस विषयले कार्यकर्ताबीचमा रणाको मच्चिने संकेत गएको छ ।
कुपण्डोलको रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा साता दिनअघि मात्र दाहाल पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाएसँगै वैद्य निकटका कार्यकर्ताले आफ्नो बोर्ड झुन्ड्याए । अहिले उक्त पार्टी कार्यलयमा दुवै समूहको बोर्ड झुन्डिएको छ ।
यता,माओवादी केन्द्रनिकट मगर मुक्ति मोर्चाका संयोजक नारायण सुसुलिङ मगरले आफूहरुलाई कार्यलयबाट हटाउने वैद्य पक्षधरको कुनै अधिकार नरहेका बताउँदै आफूहरुले जसरी भएपनि यो कार्यलयमा बस्न पाउनुपर्ने अडान थापेका छन् ।
उता, वैद्यनिकटका कार्यकर्ताहरुले पनि आफूहरुले जसरीभएपनि उक्त कार्यलयमा बस्न पाउनुपर्ने माग राख्दै आएका छन् । यसरी दुवै समूहबीच किचलो सिर्जना हुँदा कार्यलयका घरबेटी राधेश्याम श्रेष्ठ इन्तु न चिन्तु भएका छन् ।
‘१० वर्ष भैंसक्यो अहिलेसम्म भाडा पाएको छ्रैंन,’ श्रेष्ठले भने ‘बिजुली, पानी र ढल व्यवस्था अस्तव्यस्त छ ।’ अब के गर्ने ।
अहिले दुवै समूहका कार्यकर्ताले आ–आफ्नो होर्डिङ बोर्ड झुन्ड्याउँदै आएका छन् ।एस काठमाण्डौ बाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्