×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खबरदार नेप्से!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खबरदार नेप्से!

Artha Sarokar

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सन्तोष पाण्डे 

तीन दशकभन्दा लामो ईतिहास भएको नेपाली शेयर बजार, अनेक उतारचढाव भोगेको नेपाली शेयर बजारमा हामी नया तथा युवा लगानिकर्ता यसै प्रबेश गरेका होइनौ ! आधुनिकताको चरम उत्कर्समा पुगेको बिश्व शेयर बजार हेरेर नेपाली शेयर बजारमा पनि आधुनिकता आउने अभिलाषा राखेर लगानी गर्न आएका हौ । तिम्रो पुरातन ट्रेडिङ शैलीलाई जरैदेखि उखेलेर आधुनिक विश्वब्यापी अन्लाईन ट्रेडिङ प्रणालीलाई स्वागत गर्न आएका हौ ।
सुधारको आशा देखाउने तर कामचाहिं सिन्को नभाच्ने तिम्रो प्रबृति देखेर हामी वाक्क भैसकेका छौ, दशौ पटक तिम्रो ढोकामा पुगेर, हजारौ पटक सन्चारमाध्यम र समाजिक सन्जालबाट तिमीलाई आधुनिकतामा जान आग्रह गर्दा पनि तिम्रा फुटेका कानले हाम्रो आवाज नसुन्ने ? बिश्वका सम्पुर्ण राष्ट्रहरुले अनलाइन प्रविधिबाट शेयर कारोबार गराइरहदा दुनियाले प्रयोग गरेको प्रबिधी हाम्ले प्रयोग गर्न नपाउने ? 
समय अनुसार स्वोबिबेकले आफुलाइ परिष्कृत गर्न त सकेनौ सकेनौ आम लगानीकर्ताले तिम्रो दैलोमै पुगेर प्रबिधीमा सुधार गर्न आग्रह गर्दा पनि बाल मतलब नदिने तिमी कस्कालागि काम गरिराखेका छौ ? कोबाट सन्चालित छौ ?
तिमी आफैले ब्रोकर थप गर्ने सम्बन्धमा समिती बनाउने अनि त्यहि समितिले बैन्कलाई ब्रोकर लाइसेन्स दिनु नै आजको आवस्यकता भनेर निर्णय बुझाउदा बुझाउदै पनि तिमी आम लगानिकर्तालाई भ्रममा पारेर उहीँ सनतन / पुरातनबादी शेयर दलाललाई रातारात उपत्यका बाहिर पठाउने गोप्य योजना बनाएर बस्ने ? यदि तिमीमा परिबर्तनको हिम्मत छ भने तिम्रै समितिले सिफारिस गरेको बैंकलाई शेयर ब्रोकर अनुमती दिएर देखाउ कि त नया ब्रोकरको आबेदन खुल्ला गर ! 
किन स्थापनाको तीस बर्षमा पनि एक ओटापनि साखा बिस्तार गर्न नसक्ने र नचाहने पुर्ख्यौली शेयर दलाललाई बिस्तार गरेर सिन्डिकेट लाद्न खोज्दैछौ ?
लगानीकर्ताले तिरेको करबाट तलब खाने हाकिमहरु हो अब तिमिहरुले तिम्रो बानी सुधार नत्र तिम्रा कालाकर्तुहरुको प्रदाफास गरेर तिमिहरुलाइ कठघरामा उभ्याउन नपरोस् । 
तिम्रा चल्खेल र भ्रस्टाचारको प्रदाफास गरेर नाङ्गे झार पार्न नपरोस् । यदि हाम्रा मागहरु नाजायज छन्  र समय सापेक्ष छैनन भने हामिलाई गलत प्रमाणित गरेर देखाउ ! यदि हाम्रा मागहरु जायज र समय सान्दर्भिक छन भने अबिलम्ब हाम्रा माग पूरा गरेर देखाउ!
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी