Skip to content
LAXMI SUNRISE BANK

निर्माण कार्य सुरु भएको ९ वर्षपछि खानेपानी योजना सञ्चालन

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ –  निर्माण कार्य सुरु भएको ९ वर्षपछि उदयपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ। जिल्लाको दक्षिणी गाविस हडियामा ३ हजार घरधुरीलाई पानी पुग्ने योजना ९ वर्षपछि सम्पन्न भएर सञ्चालनमा आएको हो।  नेपाल सरकार र स्थानीयको जनश्रमदानबाट ३ करोड लागतमा २०६४ सालबाट निर्माण सुरु भएको हडिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले बताए। ‘निरन्तर काम गर्दा पनि ९ वर्ष भएछ’, अध्यक्ष बस्नेतले भने  ‘ढिलै भएपनि हडिया ५, ६ र ७ नम्बर वडाका ९५ घरधुरीले प्रत्यक्ष खानेपानी पाए।’
 मुहानबाट ल्याइएको खानेपानी वितरण गर्न १ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरिएको छ। उनका अनुसार गाविसका मुहरीया, हात्तिसार, हडिया बजार, अँधेरी, शान्ति नगर, डाँडाटोल, मिल्स एरियामा पाइपलाइन वितरण गरिएको छ।  आयोजनाबाटै निकट भविष्यमा थप ५ सय घरधुरीलाई खानेपानीको सुविधा पुग्ने गरी काम भइरहेको समितिले जनाएको छ। 
गाविसका अधिकतर स्थानीयलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने उदेश्यले थप ठाउँमा पाइपलाइन बिस्तार र ट्याङ्की निर्माणको काम भइरहेको बस्नेतले बताए।  खानेपानी आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखि दुषित पानी खान बाध्य गाविसवासीलाई स्वच्छ खानेपानीको व्यवस्था भएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK