
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिनु उपयुक्त हुने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जस्थित खड्का निवासमा गरेको पत्रकार भेटघाटमा उनले विधेयक फिर्ता लिएर नयाँ शिराबाट वार्ता र संवाद थाल्नुको विकल्प नभएको बताए। ‘
संशोधन प्रस्ताव फिर्ता लिनु नै वर्तमान समस्या समाधानको उत्तम विकल्प हो,’ उनले भने। उनले सरकारले ल्याएको प्रस्ताव पारित गर्न दुई तिहाई बहुमत नपुग्ने दावी गर्दै संशोधन प्रस्ताव विरुद्ध एमालेले थालेको आन्दोलन सफल हुने बताए।
प्रदेश नं ५ विभाजन गर्न हुँदैन भन्ने एमालेको अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताको समेत साथ रहेको छ, प्रदेश टुक्र्याउन नहुनेमा राजनीतिक आस्थाभन्दा माथि उठेर राजनीतिक दलका नेताहरु लागेका छन्,’ उनले भने, ‘प्रस्ताव दर्ता गराउने दलका नेताहरु समेत प्रस्तावको विपक्षमा उभिएपछि सक्किगो नि।’ सरकारले हचुवाको भरमा संशोधन विधेयक दर्ता गरेको खड्काले दावी गरे।
‘हतार र हतास मनस्थितिबाट संशोधन प्रस्ताव दर्ता गराएकै कारण यो पारित हुन सक्दैन, दोस्रो ठूलो दललाई बाहिर राखेर गरेको संविधान संशोधन दीर्घकालीन हुन सक्दैन,’ उनले भने । खड्काले पहाडमा एमाले लोकप्रिय हुँदै गएको र तराईमा मधेसवादी दलका कारण कांग्रेसलाई घाटा भइरहेको ठोकुवा गरे। ‘आन्दोलन र संशोधन प्रस्तावले एमाललाई फाइदै फाइदा भइरहेको छ, फाइदै फाइदा भइरहेको बेला एमाले आन्दोलनबाट पछि हट्ने कुरै छैन,’ उनले भने।
प्रदेश नम्बर ५ टुक्र्याउँदा कांग्रेसलाई घाटा लाग्ने बताउँदै उनले कांग्रेस पहाडबाट पनि नाङ्गिने र तराईबाट पनि सकिने अवस्था आएको बताए। प्रदेश टुक्र्याउँदा कांग्रेस हार्ने भएपनि देशका लागि घाटा सहन तयार भएको उनले बताए । ‘कांग्रेस हारे पनि देशले जितोस् भनेर प्रदेश टुक्र्याउन कांग्रेस सहमत भएको हो,’ उनले भने। उनले एमालेलाई बाहिर राखेर गरिने सहमति कार्यान्वयन नहुने समेत स्पष्ट पारे। ‘देशको ठूलो शक्तिशाली पार्टीलाई बाहिर राखेर समस्या समाधान हुने कुरै हुँदैन,’ नेता खड्काले भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्