
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कोटेश्वरका केहि स्थानहरुमा जनतामाथिनै दुर्व्यवाहर गर्ने, अपशब्द बोल्ने लगायतका कार्य गरेका छन् । शनिबार विद्युतको पोल फेर्ने नाममा बासुकीनगर, कोटेश्वरमा सबै टेलिफोनलाइनहरु अन्धाधुन्द तरिकाले काट्दै गरेको अवस्थामा टेलिफोनको लाइन किन काटेको भन्ने प्रश्न गर्दा उनीहरुले अपशब्द बोल्दै आफुहरु विद्युत प्राधिकरणबाट आएको र नेपाल दुरसंचार प्राधिकरणले पटक पटक फोनको लाइन मिलाउनुभन्दा पनि अटेर गरेपछि फोनको लाइन काटिएको बताएका छन् ।
‘दुरसन्चारलाइ पटक पटक भनेको नमाने पछी *** गर्नु ?’ भन्दै अपशब्द बोल्दै प्राधिकरणका कर्मचारीले जनतामाथि दुर्व्यवहार गरेका हुन् । प्राधिकरणका कर्मचारीलाई यसरी अन्धाधुन्द तरिकाले किन यसरी काम गरेको भन्ने प्रश्न गर्दा ती कर्मचारीहरुले अर्थ सरोकार डटकमका पत्रकारलाई समेत अपशब्द प्रयोग गरेका थिए। आफुले विद्युत प्राधिकरणकै नियम अनुसार काम गरेको भन्दै ती कर्मचारीहरुले विजुलीका तारहरु लथालिङ्ग पाराले छाडेका थिए ।
विद्युतका तारहरु लथालिंग पाराले राखिएका छन् भने कुनै पनि बेला कुनैपनि किसिमको दुर्घटना हुन सक्ने डर बढेको छ । प्राधिकरणका कर्मचारीहरु मदिरा सेवन गरी आएको हुन सक्ने समेत केहि स्थानीयहरुले शंका गरेका छन् । कर्मचारीहरु रक्सी खाएर आएको भन्दै केहि स्थानीयहरुले पोलमा नचढ्न समेत आग्रह गरेका थिए भने एक स्थानीय आफैं पोलमा चढी काम गरेका थिए ।
‘विद्युत प्राधिकरण प्राइभेट संस्था हो, आफ्नै हिसाबले चल्ने हो’ भन्दै ती कर्मचारीले फुर्ती लगाएका थिए । यहि बिषयलाई लिएर स्थानीयबासी र ती कर्मचारीविच केहि समय भनाभन समेत भएको थियो । यस बिषयमा नेपाल विद्युत प्राधिकरणमा सम्पर्क गर्दा यसबारे आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ‘भोलि १० बजेपछि फोन गर्नु, हामीलाई केहि पनि थाहा छैन’ उनले भने ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्