
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट वार्ता गरेकी छिन । भेटमा उनले नेपालको राजनितिमा विशेष चासो राख्दै संसदमा जारी अवरोधबारे अध्यक्ष केपी शर्मा ओलीसँग जिज्ञासा राखेकी छिन्।
ओलीलाई भेट्न एमाले संसदीय दलको कार्यालय पुगेकी टेप्लिज थिइन । उनले संविधान संशोधन र संसदको अवरोधबारे जिज्ञासा राखेकी हुन्। भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार टेप्लिजले संविधान संशोधनको किन विरोध भइरहेको भन्ने प्रश्न समेत सोधेकी थिइन्।
जवाफमा ओलीले संविधान संशोधनले नेपालको हित नगर्ने र संशोधन फिर्ता नभएसम्म अवरोध जारी राख्ने जवाफ दिएका थिए।
भेटमा द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको नेम्वाङले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्