
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीमा आधारित फिल्म बन्ने भएको छ। मंगलवार काठमाडौंमा फिल्मको शुभमुहुर्त तथा पत्रकार सम्मेलन गरी ओलीको जीवनीमा आधारित फिल्म ‘रातो सूर्य’ बन्न लागेको जानकारी दिइयो। फिल्मको शुभमुहुर्त ओली आफैले गरे।
स्वप्निल क्रियशनको निर्माण संयोजनमा बन्न लागेको फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र दाहालले गर्नेछन्। दाहालले ओली देखाएको राष्ट्रवादी छविका साथै उनले प्रयोग गर्ने विम्व र अलंकार जस्ता विषयलाई पनि फिल्ममा देखाइने बताए। ‘यत्रतत्र छरिएर रहेको देशको माटोलाई एउटा आकार देउ र त्यो काम ओलीले गर्न खोजिरहेका छन् भन्ने नै यो चलचित्रको मोटो होु दाहालले भने, ुनेपाली जनताको मन–मनमा बसेका ओलीको चरित्र चलचित्रमा उतारिनेछ। ‘रातो सूर्य’ घाम हो, जसले न्यानो दिन्छ।
त्यसैगरी केपी ओली अर्थात् रातो सूर्य चलचित्र बनाउन लागेका छौ।’ चलचित्रको शुभमुहुर्त गर्दै एमाले अध्यक्ष ओलीले फिल्मले कुनै न कुनै रुपमा नेपाली समाजमा योगदान दिए आफूलाई खुशी लाग्ने बताए। आफूलाई केन्द्र बनाएर फिल्म निर्माण गर्न लागेको भएपनि त्यसले कुनै न कुनै रुपमा मुलुकको हित गर्नुपर्ने उनको भनाई छ। ‘अब मलाई केन्द्र जस्तो बनाएर उचित हुन्नथ्यो कि भन्ने लागेको छु ओलीले भने, ुयसले योगदान पुग्छ भने त राम्रै हो भन्ने लागेको छ।
यसले योगदान चै दिनुपर्यो।’ अर्को प्रसङ्गमा नेता ओलीले एकपछि अर्को अप्ठ्यारामा मुलुक फस्दै गएको भन्दै ती अप्ठ्यारालाई अलिकति पार गरेको भएपनि अहिले आएर फेरि आफ्नाकै कारण समस्या बल्झिएको बताए। हिमाल, पहाड, तराइमा बिभिन्न भाषा, धर्म, जाति, संस्कृतिका मानिस मिलेर बसेको भन्दै तर अहिले यिनीहरुबीचमा द्वन्द्व उत्पन्न गर्न खोजिएको ओलीले बताए।
उनले द्वन्द्व उत्पन्न गर्न खोजेर द्वन्द्व र व्यवस्थापनको बिजनेस गर्न थालेको आरोप समेत लगाए। ‘यहाँ द्वन्द्व उद्योग सञ्चालन गर्ने प्रयास भइरहेको छ। द्वन्द्वका ठुल्ठुला फ्याक्ट्री चलाउने तयारी चलिरहेको छ। द्वन्द्व उद्योग भएपछि व्यवस्थापन गर्न फेरि अर्को विजनेस आउने भयोु नेता ओलीले भने, ुद्वन्द्व उद्योग र द्वन्द्व व्यवस्थापनको बिजनेसको चपेटामा देशलाई पर्न दिनुहुदैन। एकतावद्ध ढंगले मुलुकको समृद्धिमा अगाडि बढ्नुपर्छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्