Skip to content
LAXMI SUNRISE BANK

‘केपी ओलीको पीए हुँ’ भन्दै व्यवसायीसँग पैसा असुलेको गुनासोपछी ओलीले हटाए ‘विवादित’ पीए

अर्थ सरोकार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ‘विवादित’ स्वकीय सचिव (पीए) लाई हटाएका छन् । स्वकीय सचिव रहेका रमेश आचार्यका बारेमा पार्टीका नेता – कार्यकर्तादेखि उद्यमी–व्यवसायीबाट समेत लगातार गुनासो सुन्नुपरेपछि उनलाई विदा गरिएको बालकोट स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार विभिन्न व्यक्ति तथा व्यवसायीसँग केपी ओलीको नाम बेचेर बार्गेनिङ गर्ने गरेको अत्याधिक गुनासो आएपछि उनलाई बाध्य भएर केपी ओलीले आफ्नो पिएबाट हटाएका हुन् ।  
धादिङ घर भएका आचार्य अखिलमा काम गर्दागर्दै ओलीको नजिक पुगेका थिए । ओली प्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव बनेका उनलाई विभिन्न व्यापारीहरुसँग साँठगाँठ गरी आर्थिक उपार्जनमा संलग्न भएको भन्दै ओलीसमक्ष त्यतिबेलै उजुरी परेका थिए । आफु ओलीको पिए भएको भन्दै विभिन्न व्यापारीसँग पैसा समेत असुल्ने गरेका उनलाई अत्याधिक गुनासोपछी ओलीको पीएबाट हटाइएको बालकोट स्रोतले अर्थ सरोकार डटकमलाइ बतायो ।  
ओलीको सचिवालयमा कार्यरत झापाका देबेन्द्र दाहाललगायतले पनि छुट्टी पाएका छन् । अध्यक्ष ओलीले इन्द्र भण्डारीलाई पनि संसद्तिरको काममा सीमित गरेका छन् । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले रामबाबु अधिकारीलाइ पनि यस्तै गरी बद्नाम भएपछि विदा दिएका थिए ।

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK