Skip to content
LAXMI SUNRISE BANK

वातावरण सहजीकरणका लागि एमालेको नयाँ सर्त

अर्थ सरोकार

काठमाडौं – प्रस्तावित संविधान संशोधन देशको एकता र अखण्डताविरुद्ध भएको अडनका साथ संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले वातावरण सहजीकरणका लागि न्यायालय, संवैधानिक अंगलगायतमा भागबन्डाको सर्त राखेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन दलको बैठकमा संसद्को कारबाही अवरोध फिर्ता लिने स्पष्ट आश्वासन नदिए पनि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वातावरण सहजीकरणका लागि न्यायापालिकासहितका संवैधानिक अंगमा एमालेको प्रतिनिधित्व सुनिश्चितताको सर्त राखेका थिए।
बैठकमा सत्ता गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् अवरोध खुलाएर संसदीय कारबाहीमा भाग लिए सबै विषयको सम्बोधन हुने आश्वासन दिएको स्रोतले जानकारी दिएको छ। तर, बैठकमा विपक्षी नेता ओलीले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद् कारबाही चल्न नदिने पुरानै अडान दोहोर्‍याएका थिए। ओलीले सत्ता पक्षले विपक्षीलाई गरेको निषेधको राजनीति त्याग्नसमेत आग्रह गरेका थिए।
ओलीले संशोधन, स्थानीय निर्वाचन, अख्तियार प्रमुखविरुद्धको महाभियोमालगायतका विषयमा पनि मिलेर अघि बढ्न प्रस्ताव राख्दै भनेका थिए, ‘न्यायालय, संवैधानिक अंगलगायतको नियुक्तिमा पनि मिलौं।’
जबाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक नियुक्ति प्योकजमा हुने आश्वासन दिएका थिए। तीन दलको बैठकमा सहभागी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अन्नपूर्णसँग भने, ‘प्याकेज डिलअन्तर्गत न्यायालय, संवैधानिक अंगलगायतमा हुने नियुक्तिसमेतलाई समेट्नुपर्ने प्रस्ताव एमालेबाट आयो। तर यसमा ठोस निर्णय, सहमति वा निष्कर्षमा पुगेको छैन, आजको अन्नपूर्ण दैनिकमा खवर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK