
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पूर्वसांसदहरुले संविधान संशोधनमा एमालेले लिएको अडानको प्रशंसा गरेका छन् ।
बुधबार बिहान ओली निवास बालकोटमा पुगेका पूर्वसाँसद मञ्च नेपालका प्रतिनिधिहरुले संविधान संशोधनका विषयमा एमाले र अध्यक्षका रुपमा ओलीले लिएको अडानको प्रशंसा गरेका हुन् ।
पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले ओलीलाई अडानबाट पछि नहटी संविधान संसोधनलाई विफल बनाउन आग्रह गरे । ‘न लिगल छ, न लजिकल छ यस्तो संसोधनलाई देशलाई थप द्वन्द्वमात्र लैजान्छ’, श्रेष्ठले भने– ‘त्यसैले यसलाई विफल बनाउन तपाईंको अडानमा हामी साथ दिन तयार छौं ।’ कतिपय मधेसी दलका नेताहरुले देशद्रोही भाषण गर्दै हिडेकोले उनीहरुलाई जेल हाल्नुपर्ने पूर्व सांसदहरुको माग छ ।
‘देश सिध्याउछु भन्नेहरु देशका नेता हुन सक्दैनन्’, पूर्वसांसद शारदा पोख्रेलले भनिन्– ‘देशका विरुद्ध जथाभावी बोल्नेहरुलाई संवैधानिक तरिकाले अंकुश लगाउनु पर्छ ।’
जवाफमा एमाले अध्यक्ष ओलीले देशको अहिलेको समस्या समाधानको एकमात्र विकल्प चुनाव भएको बताएका थिए । वर्तमान सरकार चुनाव नगराउने नियतबाट अघि बढेकोले गैरसंवैधानिक तरिकाले संविधान संसोधनको प्रस्ताव ल्याएको ओलीको तर्क थियो ।
ओलीले सरकारले ल्याएको संसोधनको प्रस्ताव गैरसंवैधानिक भएकोले यसलाई छलफलमा लैजाने नदिने स्पष्ट पारे । ‘वर्तमान सरकारको काम निर्वाचन गरेर संक्रमणकाल टुंग्याउने हो’ ओलीले भने, ‘यो सरकार पराइको चाहनामा आफ्नो अधिकार र कर्तवय दुवै भुलिरहेको छ ।’
पूर्वसांसदहरुले कांग्रेस र एमालेलाई मिलेर देशका समस्या समाधान गर्न सुझाव दिएका थिए । जवाफमा ओलीले आफूले विगत देखि नै त्यो प्रयास गरेपनि कांग्रेसले दुई ठुला दल मिलेर अघि बढ्नु नुहुने नीति बनाएका कारण त्यो सम्भव नभएको बताए । ‘अहिले सरकार उहाँहरुले नै चलाए भयो’ ओलीले भने – ‘अहिले हामीलाई सरकारमा जान रुचि छैन । सरकारमा भाग पनि चाहिएन निर्वाचन घोषणा गर साथ हामी दिन्छौं भनेका छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्