×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको कार्यक्रम मोर्चाद्धारा विथोल्ने प्रयास

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमालेको कार्यक्रम मोर्चाद्धारा विथोल्ने प्रयास

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको लहानमा नेकपा एमालेले गर्न लागेको कार्यक्रम विथोल्ने प्रयास गरिरहेको छ ।
कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो, तर मोर्चाको चेतावनीपछि ओली आउने कार्यक्रम स्थगित गरिएको छ । ओलीको सट्टामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु आउने स्रोतले जनायो ।
सिरहाको लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
एमाले मधेस विरोधी रहेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने जनाएको छ । लहानस्थित सडकको विभिन्न ठाउँमा झुण्ड्याएको पार्टीको झण्डा मधेसी मोर्चाले हटाएर आगो लगाइदिएका छन् ।
कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा राखिएको छ । सदनको वरिपरिको झण्डा हटाए मोर्चाको कार्यकर्तालाई नछाड्ने एमाले यूवा नेता कमलदेव यादबले बताए ।
लहान बजारभरी आज विहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । चौक चौकमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले र मधेसी मोर्चाको कार्यकर्ताबीच झण्ड हुन नदिन बाहिरबाट समेत सुरक्षाकर्मी लहान बोलाएको ईप्रका लहानले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: