Skip to content
LAXMI SUNRISE BANK

‘पाँच विकास क्षेत्रलाई प्रदेश बनाउँदा कुनै पाप कर्म हुँदैन’ : पूर्व प्रधानमन्त्री ओलि

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच विकास क्षेत्रलाई नै संघियतामा रुपान्तरण गरे कुनै पाप कर्म नहुँने बताएका छन् । आज बिहान एक संचार मध्यम सँग कुरा गर्दै उनले पाँच विकास क्षेत्र हिमाल पहाड र तराई मिलेर बनेको छ त्यसलाई पनि संघियताको एउटा आधार मान्न सकिने जानकारी दिए । ‘पाँच विकास क्षेत्रलाई प्रदेश बनाउँदा कुनै पाप कर्म हुँदैन, वरु जनताको सम्मान हुन्छ भन्ने एउटा तर्क उठेको छ’, ओलीले भने ।
पूर्व प्रधानमन्त्री ओली महेन्द्रपथमा गएको मधेसी मोर्चा र माओवादी केन्द्रका नेताहरुले आरोप लगाइरहेका बेला ओलीले महेन्द्रपथको अर्थ खुलाउन चुनौति दिएका छन् । ‘के हो महेन्द्रपथ  मलाई राजा बनाउँछन् कि क्या हो ’ ओलीले मधेसी मोर्चा र माओवादी केन्द्रलाई ब्यङ्य गर्दै  भने ‘बिखण्डनकारीका सोचसँग हाम्रो सोच मिल्दैन, लोकतन्त्रीक गणतन्त्र, विधिको शासन, राष्टिय अखण्डतामा कुनै सम्झौता हुँदैन ।’
एमले अध्यक्ष ओलिले लोकतन्त्रमा जनताको आवाज सवैभन्दा बलियो भएका कारण जनताको आवाज सुन्नु पर्नेमा जोड दिए । उनले भने ‘जनता के चाहान्छन् त्यसको मतलव छैन, आफ्नो स्वार्थका लागि लड्नेसँग सम्झौता हुँदैन’,। उनले बर्तमान सरकार जनताको चाहाना भन्दा स्वार्थी समुहको लहलहमा लागेको आरोप समेत लगाए ।
एमालेलाई मधेस क्षेत्रमा कार्यक्रम नै गर्न नदिने मधेसी मोर्चाको हुँकारलाई उनले चुनौति दिदै भने ‘अरुलाई नश्लवादको आरोप लगाउने तर क्रियाकलाप नश्लवादको गर्ने मधेसी मोर्चालाई एमालेका कार्यक्रम रोकेर देखाउन’। एमालेसँग जनताको मत लिन निर्वाचनमा आउन ओलीले खुल्ला चुनौति समेत दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK