
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल संविधान कार्यान्वयन गर्ने विषयमा गम्भिर नभएको आरोप लगाएका छन्। निर्वाचन गर्नुपर्ने तथा संविधान कार्यान्वयन गर्नुपर्ने अवस्थामा कैची र सलाई खल्तीमा बोकेर १ झुण्ड मान्छे हेलिकोप्टरमा बोक्दै प्रधानमन्त्री दौडिरहनु भएको छ।
उहाँ संविधान कार्यान्वयन र निर्वाचनमा गम्भिर हुनुहुन्न,ु एमाले संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी ९ दलको बैठकपछि जानकारी दिन आयोजित कार्यक्रममा ओलीले भने।
उनले सरकारले देशमा उदण्डता र उत्तेजना फैलाइरहेको आरोप लगाए। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएकाले त्यस विषयमा एमालेले छलफल गर्न नदिएको उनको भनाइ छ। प्रतिपक्षी ९ दलले ९ बुँदे माग राखेर पुस २२ गते जनदबाब सिर्जना गर्न विरोध प्रदर्शन गर्ने जानकारी उनले कार्यक्रममा दिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्