
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – कृषि विकास बैंक लिमिटेडले गत बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १४ मा बसेको संचालक समितिको बैठकले २० प्रतिशत शेयर लाभाश र कर प्रयोजनको लागि १।०५३ नगद लाभाश प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।
उक्त प्रस्ताव बैंकको साधारण सभाले पारीत गरेपछि र राष्ट्र बैंकले अनुमति दिएपछि बितरण हुने छ । बैंकले गत बर्ष १५ प्रतिशत लाभांश बितरण गरेको थियो । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख खुद मुनाफा गरेको थियो। बैंकको चुक्ता पुंजी ३ अर्ब ९३ करोड रहेको छ भने ५० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ५ अर्ब ९३ करोड पुग्ने छ ।
बैंकले गत महिना एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री थियो । बैंकले प्रस्ताव गरेको बोनस यसअघि बिक्री गरेको हकप्रदलाई समेत प्रदान गरिने बैंकले जनाएको छ । २० प्रतिशत बोनस वितरणपछि बैंकको चुक्तापुंजी ७ अर्ब नाघ्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्