×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डा. गोविन्द केसीले पुन: अनसन बस्नु नपरोस् !’ मेडिकल माफियाहरुलाई चेतना भया…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० मंसिर २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

‘डा. गोविन्द केसीले पुन: अनसन बस्नु नपरोस् !’ मेडिकल माफियाहरुलाई चेतना भया…!


  • कृष्णा चौलागाईं 

अचम्म छ देश, जहाँ भोको बस्दा मात्र आवाज सुनिन्छ । ज्यानमा बल हराएर मर्नुको विकल्प नभएपछि मात्र तात्छ सरकार । देशका नायकलाई ‘पागल’ को उपनाम दिएर मेरो देशको खराव प्रवृतिको साछी बस्छ सरकार।  र लाचार भएर माफियाको गंजोलमा बसेको छ मेरो देश ।
र पनि नायक त हुन्छन् नै हरेक परिवेशमा, हरेक देशमा ।  र त्यस्तै नायक हुन् डा. केसी । गरिव जनताको प्यारो बनेका केसीको जीवनसँग सौदाबाजी गरेर लुट्न पल्किएकाहरुले बुझुन् डा. केसीसँग लाखौँ जनताको साथ छ ।   हुन त सरकार र डा. गोविन्द केसीबीच मङ्सिर १९ गते १२ बुँदे सहमति भएको छ । सहमतिपछि केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् । तर माफियाहरु अझै सलबलाएका छन् । सहमति कार्वनयनको ग्यारेन्टी अझै छैन ।  
‘नागरिक समाज र सञ्चार माध्यामको दबावमा मात्रै सरकारले आफूले उठाएका माग सम्बोधन गर्न तयार भएँ। ‘ डा केसीले बोलेका यी शब्दभित्र डुब्ने हो भने पनि जनता र मिडियाको शक्ति बुझ्न सकिन्छ । मेडिकल माफियाहरुले पनि बुझुन् ।   
हुन त डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् । सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् । त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । तर पनि अझै गर्नुपर्ने धेरै छ । 
केसीको अनसनसँगै एउटा नजिर स्थापना भएको पक्कै छ । एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ । तर पनि माफियाहरुलाई अब हरेक नागरिकले खबरदारी गर्ने पर्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: