
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नयाँ दल खुलेपछि त्यसका भातृ संगठनका रुपमा विभिन्न अन्य संगठन पनि खुल्ने गरेका छन्। विशेषगरी दलहरूले विद्यार्थीहरुको संगठन बनाएर आफूलाई थप बलियो बनाउने काम गर्दै आएका छन्। दलको शक्ति थप मजबुत हुने ध्येयका साथ दलहरूले स्कुल, कलेज, विश्वविद्यालयका विद्यार्थीमा आफ्नो प्रभाव पार्नका लागि यस्ता संगठन निर्माण गर्ने श्रृंखला समेत चलाउने गर्छन्। हरेक दलका आ(आफ्ना विद्यार्थी संगठन छन्।
नयाँ सोच र शक्तिको रुपमा परिभाषित गर्दै आएको पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालले पनि विद्यार्थी संगठनको निर्माणको काम थालेको छ। नयाँ शक्ति नेपालले काठमाडौं विश्वविद्याल अन्तर्गत केन्द्रिय विश्वविद्यालयमा श्रीहरि थापाको नेतृत्वमा ५१ सदस्यीय नयाँ शक्ति विद्यार्थी युनियन गठन गरेको छ।
काठमाडौं विश्वविद्यालय समन्वय समितिका संयोजक तथा विदेश विभाग प्रमुख श्रीप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले ९ सदस्यीय कार्यालय सदस्यहरुको चयन पनि गरेको छ। जसअनुसार अध्यक्षमा श्रीहरी थापा, उपाध्यक्षमा अनिमेश बच्चन, सुरज सुवेदी, खिम बहादुर क्षेत्री, सचिवमा सौरब थापा, सह(सचिवमा नबिन दुवडी, दिपक खड्का, विक्रान्त कुँवर, कोषाध्यक्षमा सुनिल देव ढकाल रहेका छन्।
कार्यक्रममा संयोजक देवकोटाले देशको परिस्थिति बदलिएको तर विद्यार्थी संघसंगठनहरु हिजोकै राजनीतिक धार र संयन्त्रमा केन्द्रित भएकाले विद्यार्थी आन्दोलन र शैक्षिक मुद्धाहरू छायाँमा परेको बताए। नयाँ शैक्षिक आन्दोलनको निम्ति वैकल्पिक नयाँ शक्ति विद्यार्थी युनियनको अपरिहार्यता रहेको र नयाँ शक्ति विद्यार्थी युनियनको विद्यार्थी आन्दोलनको विशेषत ुविश्वविद्यालयमा राजनीतिक भागबन्डाविरुद्ध नयाँ शक्ति, विश्वविद्यालयमा वरिष्ठ र प्राज्ञिक व्यक्ति‘ भन्ने नारामा केन्द्रित हुने उल्लेख गरे।
भेलाले तीन महिने कार्यक्रम घोषणा गर्दै माघसम्म १ हजार नयाँ शक्ति विद्यार्थी युनियनको संगठित सदस्य बिस्तार गर्ने लक्ष्य लिएको जानकारी सह(संयोजक कन्चन निरौलाले दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्