
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संविधान संशोधन विधेयकको विरोधमा गुल्मीमा कुचो जुलुस प्रर्दशन भएको छ। सरकारले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने विधेयक संसद सचिवालयमा दर्ता गरेपछि गुल्मीमा आन्दोलन सुरु भएको थियो। आन्दोलनका क्रममा शुक्रबार महिलाहरुले कुचो जुलुस प्रदर्शन गरे।
जिल्ला सदरमुकाम तम्घासको लाकुरीमञ्चबाट सडकमा सफा गर्दै महिलाहरुले थालेको प्रदर्शन कोणसभामा परिणत भएको थियो। कोणसभाका वक्ताहरुले वर्तमान सरकारले फोहोरी काम गरेको आरोप लगाए। सरकारले गरेको फोहोर सफा गर्नका लागि कुचो जुलुस निकालिएको उनीहरुले बताए।
सरकारले विवादरहित ५ नम्बर प्रदेशमा संविधान संशोधनका बहानामा विवाद निम्त्याउन खोजेको उनीहरुको आरोप छ। संविधान संशोधन विधेयकको विरोध गर्दै १० दिनदेखि गुल्मी बन्द भएको छ। अनिश्चितकालिन बन्दका कारण जनजीवन प्रभावित छ। जिल्लाको सदरमुकाम तम्घास तथा ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्