
काठमाडौं । कुलेखानी खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय विभागका निर्देशक रहेका सहसचिव तेजराज भट्टलाई विभागीय कारवाहीको लागि सिफारिस भएपनि खानेपानी तथा ढल निकास विभागको महानिर्देशकको जिम्मेबारी दिइएको छ ।
कार्यान्वयन निर्देशनालयमा रहँदा उनले कानुन विपरित काम गरेको र भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएको थियो । अख्तियार प्रमुख लोकमानसिंह कार्की निलम्बित अवस्थामा रहेको मौका छोपी नेपाली कांग्रेसका पूर्व सांसद हिरा भट्टका भाई तेजराज भट्टलाई विभागको महानिर्देशक बनाइएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा नजिक रहेका हिराको सिफारिसमा नै उनलाई उक्त जिम्मेबारी दिनका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा दबाब पुगेको थियो । ‘तोकिएको समयमा कुलेखानीको पानी काठमाडौं ल्याउन नसकेको र विभिन्न गिरोहसँग आर्थिक सम्बन्ध रहेको भनी उनलाई उजुरी परेको थियो’, अख्तियार स्रोतले भन्यो,‘हामीले छानविन प्रक्रिया पनि अघि बढाएका थियौं, सो क्रममा ठूलो जिम्मेबारीमा नराख्नका लागि मन्त्रालयमा पत्राचार भएको थियो ।’
०७२ सालको फागुनमा राजधानीमा मेलम्चीको पानी ल्याउनुपर्ने भएपनि उनको कार्यकालमा काम हुन नसकेका कारणले पानी आउन सकेको थिएन । कार्यान्वयनको काममा आर्थिक स्रोत खोज्ने र काममा ढिलाई गरेको भनी उनीविरुद्ध उजुरी पनि परेको थियो । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्