
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मन्त्रीले फोनमै सातो टिपे, तपाईं यो के–के गर्दै हुनुहुन्छ हँ जवाफ दिए, ‘हैन हजुर, मैले त त्यस्तो केही गरेको छैन ।’ तर, मन्त्री साम्य भएनन् । भने, ‘यो अभिनन्दन, सभिनन्दन के हो यो सब बन्द गरेर खुरुखुरु काम गर्नुस् ’ यसपछि डिसेम्बर ११ आइतबार बिहान ९ बजेर ५८ मिनेट जाँदा उनले फेसबुकमा लेखे, ‘मेरो नागरिक अभिनन्दन भनेर गलत प्रचार गरी भ्रम फैलाउने काम भएकोले यस्ता कुरामा नलाग्न हार्दिक अनुरोध छ ।’
लोडसेडिङ अन्त्य गरेको नाममा हाई–हाई कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई आइतबार विहान उर्जामन्त्री जनार्दन शर्माले झाँटेपछि उनले तत्कालै फेसबुकमा स्ट्याटस लेखे, अनि कर्मचारीहरु बोलाएर स्टोरका सामान ‘लुकाइहाल्नु’ भनी अनुरोध गरे । यदि, जनार्दनले कुलमानलाई फोन गरेर थर्काएका थिएनन् भने भोलि बिहीबार अपराह्न ३ बजे बसन्तपुरमा रथयात्रासहित उनको नागरिक अभिनन्दन हुँदै थियो, लोडसेडिङ अन्त्य गर्ने भगवान का रुपमा ।
अहिले पनि विद्युत प्राधिकरणको स्टोरमा गयो भने देख्न सकिन्छ, त्यसदिनका लागि तयार पारिएका टिसर्टहरु, जसमा कुलमान हाई–हाई’ लेखिएका फोटो स्केच अंकित छन् । आफ्नै लगानीमा पाँच हजार थान टिसर्ट तयार पारिसकेका थिए । तर, मन्त्रीले गाली गरेपछि सबै कुरा बन्द भयो । भोलिपल्टका केही दैनिक अखबारमा सूचना नै छापेर ‘निराधार हल्ला’ भनी खण्डन आयो । तर, जसरी अहिले कुलमान ‘हाई–हाई’ भएका छन्, वास्तविकता भने अर्कै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्