×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानको काममा बाधा पुर्याउने ३ सदस्य बर्खास्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुलमानको काममा बाधा पुर्याउने ३ सदस्य बर्खास्त

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – लोडसेडिङको अन्त्य गरेर जनताको माझ हाई हाई भएका  कुलमान घिसिङलाई अगाडी बढ्न नदिने उद्देश्यका घिसिङको विरुद्ध खनिएको ३ विद्युत प्राधिकरण संचालक समितिका पदाधीकारीहरुलाई उर्जा मन्त्रालयले बर्खास्त गरेको छन् ।

 विद्युत प्राधिकरणको संस्थागत सुदृढिकरणमा ठुलो  बाधा पुर्याएको  भन्दै उर्जामन्त्री जनार्दन शर्माले आइतबार सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।
लोडसेडिङको अन्त्य भएको घोषणा भए संगै  कुलमानमाथी खनिएका उनीहरुलाई उर्जा मन्त्रालयद्धारा  स्पष्टिकरण मागेको थियो । उनीहरुले बुझाएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै उर्जा मन्त्रालयले उनीहरुलाई  हटाएको  जानकारी दिएको छ ।
उनीहरुले प्राधिकरण सुधारका लागि उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अवरोध पुर्‍याउँदै आएका थिए । नयाँ परियोजना कम्पनी मोडलमा बनाउने, बिद्युत ब्यापार कम्पनी खोल्ने जस्ता प्रस्ताव उनीहरुले पारित गर्ने बिषयमा उनीहरुले अवरोध पुर्‍याउदै आएको थिए ।
मंसिर १० गतेको प्राधिकरण बोर्ड बैठकमा प्रस्ताव पारित हुन नदिएका उनीहरु तीनजनाले हस्ताक्षर गरि बोर्डको निर्णय भन्दै कार्यकारी निर्देशक घिसिङ बिरुद्ध प्रचार समेत गरेका थिए ।
त्यसपछि मन्त्रालयले प्रष्टिकरणका लागि पठाएको चिठी समेत बुझ्न अस्विकार गरेका आरोप उर्जा मन्त्रालयको छ । उनीहरुले प्रष्टिकरणका लागी पठाएको पत्र नबुझ्ने देखिएपछि मन्त्रालयले पत्रिकामा सूचना प्रकाशित गरी सात दिन भित्र प्रष्टिकरण दिन भनेको थियो । पत्रिकामा सुचना आएपछि भने तिनैजना सदस्यहरुले मन्त्रालयले पठाएको चिठी बुझेका थिए ।
उनीहरुको कारवाहीपछि अब प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्माले अघि सारेको लोडसेडिङ घटाउने योजना कार्ययोजना लागू हुने देखिएको छ । अब कुलमान घिसिङ र उर्जामन्त्रालयले निर्वाध रुपमा देशभरको लोडसेडिङ हटाउने गरि काम गर्न सक्नेछन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: