×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जर्वजस्ती संविधान बनाउने एमालेविरुद्ध हामी होइन, मधेसी जनताहरु लड्छन्’ : कर्ण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘जर्वजस्ती संविधान बनाउने एमालेविरुद्ध हामी होइन, मधेसी जनताहरु लड्छन्’ : कर्ण

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  – सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफुहरुले नभई मधेसी जनताले देशमा आन्दोलन गर्ने अभिव्यक्ति दिएका छन् ।
उनले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फेल भएको खण्डमा मधेसी जनता प्रस्ताव असफल गराउँनेविरुद्ध सडकमा उत्रने टिप्पणी दिएका हुन ।
प्रतिपक्षी दल एमालेलाई इंगित गर्दै उनले संसदमा यो प्रस्ताव फेल भए त्यसविरुद्ध आफूहरु नभई सिंगो मधेसी जनताहरु आफै उत्रने चेतावनी दिए । प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्ने कारण नदेखिएको प्रतिवद्धता व्यक्त गर्दै उनले भने,–‘
संशोधन विधेयक पास गर्न दुई तिहाई मत पुग्दैन भन्नेमा एमाले विश्वास्त छ भने संसद किन अवरुद्ध पार्ने रु खुरुक्क प्रक्रियामा जान दिएर प्रस्तावलाई फेल गरिदिए भैंहाल्यो नि ।’
जर्वजस्ती संविधान बनाउनेमा प्रमुख प्रतिपक्षी एमालेको पनि सहभागिता रहेको र  अहिले संशोधन प्रक्रियामा बखेडा झिकेको प्रतिक्रिया दिँदै सहअध्यक्ष कर्णले उसैका कारण देश द्धन्द्धमा गएको आक्रोश व्यक्त गरे । साथै उनीहरुले नभइ आफूहरुले संघीयताको आन्दोलन गरेको बताए । नयाँ पत्रिका दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: