
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूमाथि दुर्व्यवहार गर्ने दुईजनालाई कारबाही नगरी रिहा गरिदिन अपिल गरेका छन्। शुक्रबार फेसबुकमार्फत कार्कीले वास्तविक अपराधी पर्दा पछाडी भएकोु उल्लेख गर्दै आफूलाई दुर्व्यवहार गर्नेलाईअवोध कारिन्दा भनेका छन्।
बिहीबार अख्तियारका निलम्वित प्रमुख आयुक्त कार्की सर्वोच्च अदालतमा तारेख बुझ्न जाँदा उनीमाथि अदालतभित्रै दुर्व्यवहार भएको थियो। उनलाई कालोमोसो दल्ने विप्लव नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु प्रकाश शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ।
हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ती कसैका गोटी मात्र हुन्। मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छुु, कार्कीले भनेका छन्, ुबास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु।उनले सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको सराहना गरेको उल्लेख गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्