×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिवारीको हत्या विरोधमा आज लुम्बिनी बन्द

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तिवारीको हत्या विरोधमा आज लुम्बिनी बन्द

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्बिनी अञ्चल बन्द आह्वान गरिएको छ। बन्दका कारण लुम्बिनी अञ्चलको जनजीवन प्रभावित भएको छ । सडकमा गाडी गुडेका छैनन् भने शैक्षिक संस्था र बजार पनि बन्द छन् ।

हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै युवा संघ नेपालले लुम्बिनी अञ्चल बन्द आह्वान गरेको हो। युवा संघका कार्यकर्ताहरु बिहानैदेखि सडक उत्रिएर हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्।  रुपन्देहीको देवदहमा इटा व्यवसाय समेत गर्दै आएका तिवारीलाई सोमबार दिउसो साढे ३ बजे देवदह खैरेनीमा मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेका थिए। गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

हत्याको कारण राजनीतिक नहुन सक्ने   प्रहरी

 एमालेले राजनीतिक प्रतिशोधले तिवारीको हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। प्रहरीले भने व्यक्तिगत दुस्मनीमा उनको हत्या भएको जनाएको छ।  प्रहरीले हत्याको कारण राजनीतिक भनिएपनि राजनीतिक कारणले हत्या हुनसक्ने कुनै आधारहरु अहिलेसम्म फेला नपरेको बताएको छ।

‘यो घटनाका पछाडि कुनै राजनीतिक कारण हो जस्तो देखिदैनु, रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले भने– ‘यसअघि पनि आक्रमण भएको र यही सेरोफेरोका घटनाहरु हेर्दा राजनीतिक कारणले नभई व्यक्तिगत दुश्मनीका कारणले नै हत्या भएको हो भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’  उनले अनुसन्धान पूरा भएपछि खास कारण खुल्ने बताए।

‘हामीले अनुसन्धान अघि बढाइसकेका छौं र के कारणले हत्या भएको हो भन्ने खास कारण त खुल्ने नै छु, उनले भने– घटनाको प्रकृति र यसअघिका घटनाहरुले पनि यो व्यक्तिगत दुश्मनी हो भन्ने देखिन्छ।’  उनले यसअघि नै मोस्ट वान्टेडको सूचीमा रहेका देवदह(२ का मनोज पुन बताउने मनोज बुढामगरको योजनामा हत्या भएको हुनसक्ने संभावना रहेकाले त्यसलाई आधार मानेर अनुसन्धान अघि बढाएको बताए।

‘हामीले सबैजसो संभावनाहरुलाई आधार मानेर अनुसन्धान अघि बढाएका छौुं, प्रवक्ता पाण्डेले भने–‘यो घटनालाई विशेष महत्व दिएर छिटोभन्दा छिटो हत्यामा संलग्नलाई पक्राउ गर्न हामी लागिरहेका छौं।’  घटना लगत्तै देवदह २ का २८ वर्षिय मनोज पुनले आफूले हत्या गराएको भन्दै सञ्चारमाध्यम र स्थानीय केही व्यक्तिलाई टेलिफोन गरेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रित गरेको प्रवक्ता पाण्डेले जानकारी दिए।

प्रहरीको अभिलेखका अनुसार मनोज पुन ज्यान मार्ने उद्योग लगायतका ३ वटा घटनाका फरार अभियुक्त हुन्।  उनले पुन भारतमा लुकेर बसिरहेको सूचनाका आधारमा खोजी तीव्र बनाइएको बताए। ‘योजना मनोजले बनाएको भएपनि हत्यामा अरु कसैको संलग्नता देखिन्छु, पाण्डेले भने– ‘हामीले दुवै हिसाबले खोजी जारी राखेका छौं।’

 शव अस्पतालमै रााखिएको छ

 हत्यापछि उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएका तिवारीको शव लुम्बिनी अञ्चल अस्पतालमै राखिएको छ।लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शव ल्याएर पोष्टमार्टम गरेपनि हत्यारालाई पक्राउ नगरेसम्म दाहसंस्कार नगर्ने युवा संघले जनाएको छ। युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले हत्यामा संलग्नलाई कानुनको कठघरामा नउभ्याएसम्म दाहसंस्कार नगर्ने बताए।

  केन्द्रीय नेताहरु बुटवल आउँदै  

 घटनापछि एमालेका केन्द्रीय नेताहरु बुटवल आउँदैछन्। एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्त बुटवल आउने पोखरेलले जानकारी दिए।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: