
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने हटिया–बुर्तिबाङ सडक निर्माणको कामले गति लिएको छ। २ वर्षभित्र कालोपत्रे गर्ने गरि २०७१ माघमा सम्झौता भएको ४४ किलोमिटर सडक निर्माणको काम भुकम्प, नाकाबन्दी र पश्चिम बागलुङमा गत साउनमा भएको बाढि पहिरोका कारण प्रभावित भएको थियो।
वर्षा लगत्तै कालोपत्रेका लागि सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, नाली काट्ने र ग्राबलिङ गर्ने काम तिव्र रुपमा भईरहेको लोकमार्ग आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल ईन्जिनियर बद्रिप्रसाद शर्माले जानकारी दिए। सुरुको लक्ष्य पुरा नहुने भएपछि समय थप गरेर अबको एक वर्षभित्र सडक कालोपत्रलाई पुर्णता दिने गरि स्तरवृद्धिको कामलाई तिब्र पारिएको हो। लोकमार्ग आयोजनाले ४४ किलोमिटर सडकलाई ३ भागमा बाँडेर फरक–फरक निर्माण कम्पनीलाई जिम्मा दिएकोमा अहिले सवैले आफ्नो काम नियमित गरिरहेका छन्।
बागलुङ खण्डमा पर्ने १ सय ३५ किलोमिटर सडक मध्य घोडाबाँधे देखि हटिया सम्मको २० किलोमिटर सडक खण्ड यसअघि नै कालोपत्रे भैसकेको छ । बाँकी १ सय १५ किलोमिटर सडकलाई पनि विभिन्न खण्डमा छुट्याएर कालोपत्रेका गर्नका लागि निर्माण कम्पनसँग ठेक्का सम्झौता भई काम अघि बढेको छ।
अबको तिन वर्षमा बागलुङ खण्ड पुरै कालोपत्रे हुने गरि सबै सडकको ठेक्का सम्झौता भैसकेको छ,ुईन्जिनियर शर्माले भने,ुराष्ट्रिय गौरबका आयोजनामध्ये पुष्पलाल मध्यपहाडी लोकमार्गको काममा सबैभन्दा धेरै प्रगति भएको छ, त्यसमा पनि बागलुङ खण्डको काम नमुना रुपमा अघि बढेको छ।ुशर्माले दुईओटा मोटरेवल पुलको ठेक्का सम्झौता मात्र बाँकी रहेको बताए। बुर्तिबाङ शेरादेखि निसी पातिहाल्नेसम्मको ४२ किलोमिटर सडक पनि ३ वर्षभित्र कालोपत्रे गर्ने गरि ६ महिनाअघि ठेक्का सम्झौता भैसकेको छ।
सदरमुकाम बागलुङ बाजरको उपल्लाचौरदेखि विहुँ किमबोट सम्मको १३ किलोमिटर सडक ठेक्का सम्झौताको अन्तिम चारणम छ । विहुँ किमबोटदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न ६ महिना अघि सुर्य कन्स्ट्रक्स सँग सम्झौता भई निर्माणको काम सुरु भएको छ । मध्यपहाडीको बागलुङ खण्डमा पर्ने १८ ओटा मोटरेवल पुल मध्य १२ वटाको निर्माण कार्य पुरा भएको छ। लब्दीखोला, निसीको भल्कोट, भिमगिठे र निसीकै चारिबाङमा निर्माणाधिन पुलको निर्माण कार्य चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ। लब्दीखोला र भिमगिठे पुल निर्माणको जिम्मा लिएको मैनाचुली विकेईले सम्झौता अनुसार समयमै काम नसकेका कारण सुचना निकालेर सम्झौता खारेजको प्रक्रिया सुरु गरिएको थियो। तर चालु आबमा निर्माणको काम सक्ने प्रतिबद्धता गरेपछि अन्तिम पटक अवसर दिईएको ईन्जिनियर शर्माको भनाई छ।
बुर्तिबाङको शेरामा बन्ने र बानपा तथा पालाको सिमानामा पर्ने खहरेको पुल निर्माणका लागि टेन्डर प्रक्रियामा छन्। सडकको मापदण्डमा परेका १ सय २० ओटा घर टहरा हटाउनुपर्नेमा अहिले सम्म ४० भन्दा बढी टहरा स्थानियवासीले नै हटाएको ईन्जिनियर शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको पश्चिम खण्डको लागि चालु आबमा १ अर्ब ४२ करोड बजेट बिनियोजन भएको छ। नुवाकोटदेखि बैतडीसम्म १४ वटा जिल्लामा पर्ने १ हजार ९७ किलोमिटर सडकका लागि यो बजेट छुट्टिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्