Skip to content
LAXMI SUNRISE BANK

तत्काल निर्वाचनको मिति तोक्ने तयारी मान्य नहुने : मधेसी मोर्चा

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारीप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ।बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले  निर्वाचनको मिति तोक्ने सरकारको तयारीमा असन्तुष्टी व्यक्त गरेको हो। 
यथास्थितिमा निर्वाचन घोषणा गर्ने कुरा हामीलाई मान्य हुँदैन संविधान संशोधन विधेयक पारित गरेपछि मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने हाम्रो माग छ,ु तमलोपाका उपाध्यक्ष वृशेषचन्द्रलालले भने। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवदेन अपुरो रहेको मोर्चाको भनाई छ। 
संविधान अनुसार विशेष संचरचित क्षेत्र, स्वायत्त क्षेत्र निर्धारण नगरी आयोगले प्रतिवेदन ल्याएको भन्दै मोर्चाले आपत्ति जनाएको छ। सरकारले निर्वाचनको मिति घोषणा गर्न तयारी गरेपछि मोर्चाले संघर्षको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रम सार्वजनिक गरिने  वृशेषचन्द्रलालले बताए। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK