
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारीप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ।बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले निर्वाचनको मिति तोक्ने सरकारको तयारीमा असन्तुष्टी व्यक्त गरेको हो।
यथास्थितिमा निर्वाचन घोषणा गर्ने कुरा हामीलाई मान्य हुँदैन संविधान संशोधन विधेयक पारित गरेपछि मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने हाम्रो माग छ,ु तमलोपाका उपाध्यक्ष वृशेषचन्द्रलालले भने। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवदेन अपुरो रहेको मोर्चाको भनाई छ।
संविधान अनुसार विशेष संचरचित क्षेत्र, स्वायत्त क्षेत्र निर्धारण नगरी आयोगले प्रतिवेदन ल्याएको भन्दै मोर्चाले आपत्ति जनाएको छ। सरकारले निर्वाचनको मिति घोषणा गर्न तयारी गरेपछि मोर्चाले संघर्षको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रम सार्वजनिक गरिने वृशेषचन्द्रलालले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्