×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्रले ल्यायो ५ नम्बर प्रदेशबारेनयाँ प्रस्ताव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माओवादी केन्द्रले ल्यायो ५ नम्बर प्रदेशबारेनयाँ प्रस्ताव

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – संसदमा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नम्बर ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा माओवादी केन्द्र ५ नम्बर प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ।
दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो । बैठकपछि प्रदेश इञ्चार्ज वर्षमान पुनले भने,सरकारले जनजाति, मधेसी, थारुलगायतका समुदायलाई समेट्न अघि सारेको संविधान संशोधन प्रस्ताव सही छ, संविधान संशोधन भएको खण्डमा रोल्पा, प्यूठान र अर्घाखाँचीका जनताको मागलाई सम्बोधन गर्न दुईखाले प्रस्ताव अघि सारेका छौँ ।
ुपहिलो प्रस्तावका रुपमा पार्टीको नीतिअनुरुप १० प्रदेश बनाएर यी जिल्ला र आसपासका जिल्लालाई समेटेर आठौँ प्रस्ताव बनाउन हाम्रो अवधारणा आएको छ,ु उनले भने। उनका अनुसार त्यो पनि तत्काल सम्भव भएन भने प्युठान, रोल्पा र अर्घाखाँचीलाई सम्बोधन गर्ने गरी प्रदेश राजधानीका एकाइ राख्नुपर्छ भन्ने आफूहरुको निष्कर्ष हो ।
हाल उच्च अदालतका मुकाम एक ठाउँमा र अन्य ठाउँमा इजलास तोके जस्तै प्रदेश राजधानीबाट हुने सेवा सुविधा दिने गरी यी जिल्लामा राजधानीका एकाइ राख्ने सकिने उनको भनाइ थियो । गुल्मी र पाल्पाका माथिल्लो क्षेत्रका बासिन्दाले पहिले नै पोखरा भनिरहेका थिए। उनीहरुलाई कुनै समस्या पर्दैन, पुनले भने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: