
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – हिमालयन महालक्ष्मी चिया बगानमा काम गर्दै गरेकी एक मजदुरको मृत्यु भएपछि आन्दोलन उत्रिएका चिया मजदुरहरु आइतबारदेखि काममा फर्किएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चिया बगानमा चिया टिप्दै गर्दा शुक्रबार दमक १५ कि ४३ वर्षिय राजकुमारी सुनुवारको मृत्यु भएको थियो।
मृतक सुनुवारको परिवारलाई उद्योगले राहत रकम उपलब्ध गराउने सहमति भए पछी मजदुहरु काममा फर्किएका हुन्। पीडित पक्षलाई राहत दिनुपर्ने भन्दै चिया बगानमा कार्यरत मजदुरले गत शुक्रबारदेखि काम ठप्प पारेका थिए।
शनिबार अबेर पीडित पक्ष, एमाले, कांग्रेस र माओवादी निकट ट्रेड युनियन तथा बगान ब्यवस्थापन पक्षबीच पीडितलाई १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको चिया मजदुर दीपक फुयालले जानकारी दिए। त्यस्तै परिवारका एक जनालाई निःशुल्क शिक्षा उपलब्ध गराउने र बगानमा स्थायी काम दिने सहमति भएको फुयालले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्