Skip to content
LAXMI SUNRISE BANK

एउटा मञ्च त गतिलो बनाउन नसक्नेले देश कसरी गतिलो बनाउलान् र ?

अर्थ सरोकार

  • रेखा ग्वायमरु/अर्थ सरोकार डटकम  

अचम्म छ ! आफ्नो पार्टीका बरिष्ठ नेता आफ्नै पार्टीका कार्यकर्ताहरुले  बनाएको मञ्चमा लडेर घाइते भए । त्यो पनि मञ्च नै ढलेर । कार्यक्रम आयोजक, हेर्ने दर्शक वा लड्ने नेता सबैका लागि योभन्दा बेइज्जत हुने कुरा अरु के हुन सक्छ र ? तर भयो यस्तै । धादिङमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका मन्त्रीसमेत बसेको मञ्च ढल्यो । कार्यकर्तामा खैलाबैला मच्चियो ।

धादिङमा बलियो गरी एउटा मञ्च बनाउन सक्ने स्रोत थिएन र ? कतै यो नियोजित त थिएन ? शंका- उपशंका थुप्रै भए । तर यथार्थ आयोजकले लापरवाही गरेकै हो । भूकम्प गएर वा कुनै भवितव्य भएर होइन, कमजोर मञ्च बनाएकाले दुर्घटना भयो । मिलनटोलमा २ करोड ८६ लाख रकममा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका वरिष्ठ नेता पौडेल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादे, डाक्टर रामशरण महत, डाक्टर मिनेन्द्र रिजाल , लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च ढलेपछि कार्यक्रमस्थलमा कोलाहल मच्चियो एकछिन । 
एउटा आयोजकका लागि यो भन्दा लाजमर्दो कुरा के नै हुन सक्छ र ! मञ्च भत्किएपछि केहि क्षति हुने नै भयो। पौडेलसहितका नेताहरु भने सामान्य रहेका छन् भने नेपाली कांग्रेसकी नेतृ भगवती पौडेलको खुट्टा भाँचिएको छ । यसले आयोजकको बेइज्जत त भएको छ नै नेताहरुले पनि आफ्नो बेइज्जत भएको पक्कै महसुस गरेका होलान्।  यद्यपी घटनापछि उठेका कार्यकर्तालाई संझाउदैं नेता राचन्द्र पौडेलले भने ‘मञ्च ढलेर सबै बराबरमा बस्ने बनाई दियो ।’ तर उनको त्यो बोलीभित्रको व्यङ्ग्य कत्रो थियो भन्ने बुझ्नु जरुरी छ । 
अझ खास कुरा त यो घटनाले पार्टीका कार्यकर्तामाथिको विश्वास नै कम गराईदिएको छ । ‘एउटा मञ्च त गतिलो बनाउन नसक्नेले देश कसरी गतिलो बनाउलान् र ?’ भन्ने कुरा उठेको छ । यसले सम्पूर्ण रुपमा सबै कार्यकर्तालाई प्रतिनिधित्व नगरेपनि भन्नेहरुलेचाहिं यसै भन्नेछन् । र बुझ्नेले पनि यसैगरी बुझ्न जरुरी छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK