
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य वीमा अनिवार्य गर्ने कानुन ल्याउन लागेको बताउएका छन्। नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको आमसभामा मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट कुनैपनि नागरिक बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य वीमाको तयारी गरेको बताएका हुन्।
उनले संसदमा पुसभित्रै स्वास्थ्य वीमा ऐन संसदमा पठाउने योजना सुनाए। मन्त्री थापाले भने त्यसपछि आर्थिक विपन्न नागरिकको उपचार वीमाबाटै हुनेछ। उनले ५ वर्षभित्र सबै स्वास्थ्य चौकीहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाई ग्रामीण भेगसम्म सर्वसुलभ स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको बताए।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेले संसदअवरुद्ध गरेर अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग बार्गेनिङ गरिरहेको आरोप लगाए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्