
- अर्थ सरोकार संम्वादाता
काठमाडौं – नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ। बैठकमा संगठनात्मक एजेण्डाबारे छलफल हुने नेता अग्नी सापकोटाले जानकारी दिए।
केहिदिनदेखि जारी बैठकमा मंगलबार पनि पार्टिको संगठनात्मक संरचना र जिम्मेवारी बाँडफाँडबारे छलफल हुने माओवादीले जनाएको छ। पार्टी एकिकरणपछि मिलाउन बाँकी संगठन बिस्तारसम्बन्धी छलफललाई माओवादीले तिब्रता दिएको हो। बैठकमा पोलिटब्युरो र केन्द्रीय सदस्य थप्ने बारेमा छलफल चलिरहेको र यस विषयमा मंगलबार थप कुराकानी हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिए।
ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादी केन्द्रले आकांक्षी बढेपछि ४ हजार जनाको महाधिवेसन आयोजक समिति बनाउने र करिब ४ सय जनाको पोलिटब्युरो समिति बनाउने तयारी गरेको छ। बैठकले विभिन्न प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा पनि निर्णय गर्ने माओवादी केन्द्रले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्