×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३८ % बोनस र ३०% राइट दिने हल्लाले सिद्धार्थको कारोबार बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३८ % बोनस र ३०% राइट दिने हल्लाले सिद्धार्थको कारोबार बढ्यो !

Artha Sarokar

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले ३८ प्रतिशत बोनस र ३० प्रतिशत राइट दिने भन्ने हल्लाले नेपाली सेयर बजार उचालेको छ । सेयर बजारका लगानीकर्ताहरुले विभिन्न फोरमहरुमा यस्तो हल्ला फिंजाएका थिए । गोप्य सुचना पाएको भन्दै विभिन्न फोरममा यस्तो हल्ला चलेपछि आजको बजार उचालिएको हो ।    
शिखर इन्स्योरेन्स, एभरेस्ट र सिद्धार्थ बैंकको कारोबार उच्च
केही दिनदेखि उच्च अंकमा कारोबार भइरहेको एभरेस्ट बैंकलाई साताको अन्तिम दिन शिखर इन्स्योरेन्सले उछिनेको छ । शिखरले ६० प्रतिशत बोनसपछि १० प्रतिशत एफपिओ जारी गर्ने सूचना आएपछि शिखरको कारोबार अकासिएको हो । दिउँसो १ बजेसम्म शिखरको ७ करोड रुपैयाँको कारोबार भइसकेको छ । यस्तै सेयर मूल्य अघिल्लो दिनको तुलनामा १ सय ८३ रुपैयाँ बढेर ३ हजार ८ सय २३ रुपैयाँ पुगेको छ । बैंकको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा ११ रुपैयाँले बढेको छ । 
सधैं उच्च कारोबार गर्दै आएको एभरेस्ट आज दोस्रो उच्च कारोबार हुने कम्पनीमा परेको छ । यसको ५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने १ रुपैयाँले बढेको छ । तेस्रो उच्च कारोबार हुनेमा सिद्धार्थ बैंक परेको छ । यस बैंकले उच्च दरमा प्रतिफल दिने हल्लाले सेयर कारोबार उच्च भएको हो । बजारमा राष्ट्र बैंकले हकप्रद समेतलाई उच्च दरमा बोनस दिने गरी स्वीकृति दिइसकेको हल्ला फैलिएकाले कारोबार उच्च भएको हो । 
उच्च दरको प्रतिफलका साथ बैंकले हकप्रदसमेत जारी गर्ने हल्ला बजारमा आएको छ । यही कारण सिद्धार्थ बैंकको २ करोड ७४ लाख ६१ हजार रुपैयाँको कारोबार भइरहेको छ । मार्केट डेप्थमा सिद्धार्थको सेयरको माग उच्च देखिएको छ । उक्त बैंकले भर्खरै २५ प्रतिशत हकप्रद जारी गरेको थियो । उच्च प्रतिफल पाउने अनुमानले अरु कम्पनीको सेयर मूल्य घट्दा सिद्धार्थको सेयर मूल्य खासै घटेको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी