×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE :मारुती सिमेन्ट उद्योग ‘बिजुली चोर’को लिष्टमा सबैभन्दा अगाडी ! कार्वाही गर्न सक्लान् त कुलमानले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

EXCLUSIVE :मारुती सिमेन्ट उद्योग ‘बिजुली चोर’को लिष्टमा सबैभन्दा अगाडी ! कार्वाही गर्न सक्लान् त कुलमानले ?

Artha Sarokar

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाललाई लोडसेडिङ मुक्त बनाउने भन्दै कुलमानसिङ लागि परेका छन् । उनलाई जनताको ठूलो साथ पनि छ । तर शक्तिकेन्द्रको आडमा केहि उद्योगी र व्यवसायीहरु भने देशको बिजुली चोरेर गैरकानुनी रुपमा आफ्नो व्यवसाय गर्दै आफु मोटाउने र देश डुबाउने अभियानमा लागेका छन् । अझ पछिल्लो समय त अन्धकारलाई बेचेर करोडौं कमाउनेहरुको पर्दाफास भइरहेका बेला ‘हामी बनाउँदैछौं नेपाललाई’ भन्ने नारा लिएर अगाडी बढेको मारुती सिमेन्ट उद्योग नै ‘बिजुली चोर’ को लिष्टमा परेको छ ।

यी हुन् बिजुली चोरहरु, मारुती सिमेन्ट उद्योग अगाडी !

देशको बिजुली चोरेर रातारात मोटाउने सपना देख्ने मारुती सिमेन्ट उद्योगका मालिकहरु मात्र होइनन्, श्री बाबा जुट मिल्स, रघुपति जुट मिल्स, कमला रोलिङ मिल्स, शिवम् प्लाष्टिक इण्डष्ट्रिज, हुलास वायर इण्डष्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, पशुपति सिमप्याक, मैनावती स्टील इण्डष्ट्रिज, अरिहन्त मल्टिफाईबर्स, अरिहन्त पोलिप्याक, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट उद्योग,लगायत रहेको छ । तर यिनीहरुमध्ये कसैले पनि देश बनाउने खोक्रो आश्वासन दिएका छैनन् । तर मारुती सिमेन्ट उद्योग बिजुली चोरेर आफु धनी हुने र जनतालाई अन्धकारमा राखेर देश बनाउने खोक्रो आश्वासन बाँडीरहेको छ ।   
को हुन् चोर कम्पनीका मालिकहरु ?
मारुती सिमेन्ट उद्योगको लगानीकर्ता नन्द किशोर राठी हुन् । उनी मारुती सिमेन्ट उद्योगले बिजुली चोरेरै चलाउनुपर्छ भन्ने पक्षमा बिगत लामो समयदेखि लागि परेको उनी निकट स्रोतले बताएको छ । कुलमान सिङ आएपछि उनको पनि पर्दाफास भएको हो । अर्काे बिजुली चोरी गरेर कम्पनी सञ्चालन गरेको बाबा जुटमिलका प्रमुख प्रकाश मुन्दडा हुन् उनी मोरङ व्यापार संघका महासचिव समेत रहिसकेका व्यक्ति हुन् । अर्काे विद्युत चोर कम्पनी हो शिवम् प्लास्टिक उद्योग । जुन उद्योगमा लगानीकर्ता बासु गोल्यान हुन् ।

शक्तिकेन्द्रको आडमा चोरी:
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार मारुती सिमेन्ट उद्योगले शक्तिकेन्द्रकै आडमा बिजुली चोर्ने गरेको हो । ‘राम्रोसँग छानविन गर्ने हो भने उद्योगले १० करोडभन्दा बढीको बिजुली चोरी गरेको छ ।तर आफु निकटको राजनीतिक आड प्रयोग गरेर सिमेन्ट उद्योगले करोडौं रुपैयाँको बिजुली चोरेर प्रयोग गरी देश र जनतालाई अध्यारोमा राख्ने र देश डुबाउने अभियानमा लागेको छ । ‘ स्रोत अगाडी भन्छ, ‘देशका गहनाका रुपमा रहेका कलाकारहरुलाई राखेर सिमेन्टले जनता झुक्याउने काम गरेको छ ।

कार्वाही गर्लान् त कुलमानले ?
यति बेला सबैका वाहवाहि पाएका कुलमानले मारुती सिमेन्ट उद्योगलाइ कारवाही गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा चर्चाको विषय बनेको छ । ‘मारुती सिमेन्ट उद्योगका मालिकहरु राजनीतिक आडमा आफु यो प्रकरणबाट उम्कने दाउमा छन् भने कुलमानलाइ रिझाएर कार्वाहीबाट बच्ने प्रपन्च मिलाइरहेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘कुलमानले अरु जति नै राम्रो गरेपनि मारुती सिमेन्टका मालिकलाइ कार्वाही गर्ने कुरामा भने धेरैको शंका छ । यता देशलाइ अध्याँरोमा राखेर आफु मोटाउन पल्केका उद्योगका मालिक विरुद्ध उद्योगभित्र कै असन्तुष्ट पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित विभिन्न ठाउँमा उजुरी गर्ने तयारी गरेको बुझिएको छ।

मारुती सिमेन्टका अरु कर्तुत पनि कति हो कति !
बिजुली चोर्ने मात्र होइन मारुती सिमेन्टले अरु थुप्रै गैर कानुनी काम गरिरहेको स्रोतको दावी छ । नक्कली भ्याट बिल प्रयोग गर्ने, राजश्व छल्ने लगायतका कामहरुमा सिमेन्ट उद्योग अगाडी रहेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘मारुती सिमेन्ट देशलाई ठगेर नै मोटाउने अभियानमा छ । सम्बन्धित निकायले छानविन गर्ने हो भने नक्कली भ्याट बिलदेखि राजश्व छलीसम्मका प्रकरणमा मारुती सिमेन्ट उद्योग मुछिएको छ ।

बोल्न मानेन मारुती सिमेन्ट:
यस विषयमा हामीले मारुती सिमेन्टका प्रतिनिधिसँग कुराकानी गर्न प्रयास गरेका थियौं । तर हाम्रो प्रश्न सुन्ने बितिकै फोन सम्बन्धित विभागमा ट्रान्सफर गरिदिने भन्दै काटिएको थियो ।   यस विषयमा हामीले सिमेन्ट उद्योगको वेव साइटमा दिइएको मेलमा समेत सम्पर्क गरेका छौं । 



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी