
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – आज १ सय २४ औं माओ दिवस नेपालमा रहेका विभिन्न कम्युनिष्ट घटकले विभिन्न कार्यक्रमगरी मनाउँदैछन । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन ।
२६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । जन्मदिनको अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादिले मार्च पास गरेको छ ।
नेपालमा माओकै पथप्रदर्शक सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध शसस्त्र संघर्ष गरेको थियो । संघर्षकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो ।

माओ दिवसको अवसरमा विज्ञप्ती निकालेर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडी बढीरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबीच माओ दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका स्रोत तथा विश्वकै महान् पूरुष मध्येका एक भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्