×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतविरुद्धको आन्दोलनमा उत्रिए तीन माओवादी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतविरुद्धको आन्दोलनमा उत्रिए तीन माओवादी

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – माओवादी पार्टीबाट अलग्गीएर छुट्टै माओवादी खडा गरेर बसेका दुई माओवादीबीच कार्यगत एकता हुने भएको छ । उनीहरुलाई साथ दिन वामपन्थी नेता मोहनविक्रम सिँहले पनि एकतामा हातेमालो गर्ने भएका छन् ।
राष्ट्रियताको मुद्धामा तीन नेताहरुबीच मन मिलेसँगै उनीहरुले संयुक्त वक्तव्य जारी मार्फत कार्यगत एकता घोषणा गरेका छन् ।
नेकपा मसाल सम्हाल्दै आएका मोहनविक्रम सिँह,नेकपा क्रान्तिकारी माओवादीका मोहन वैद्य र विप्लवले नेतृत्व गरेको नेकपा माओवादीवीच मोर्चाबन्दी भएको हो ।
संयुक्त जारी गरिएको विज्ञप्तिमा माथिल्लो कर्णाली र अरुण तेस्रोमा भारतीय लगानीको विरोधमा आफूहरु उत्रन लागेको बताइएको छ । भने,वक्तव्यमा पुस २२ गते माथिल्लो कर्णाली परियोजनाविरुद्ध सुर्खेतमा विरोधसभा गर्ने, पुस २५ गते अरुण तेस्रो परियोजनाविरुद्ध संखुवासभामा प्रदर्शन तथा पुस २९ गते भारतीय काउन्सिलर कार्यलयविरुद्ध जनप्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएकोछ ।
तीनै जना नेताहरुले भारतविरुद्ध आन्दोलनमा उत्रन आफूहरुले कार्यगत एकता गरेको बताएका छन् ।
कुनै समय एकै पार्टीका एकै धार भएका माओवादी नेता वैद्य र विप्लव फेरी कार्यगत एकतामा होमिएका पात्र हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: