×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोलिटव्यूरो सदस्यले प्रचण्डलाई बुझाएको लिखित सुझावले माओवादीमा तरंग पैदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोलिटव्यूरो सदस्यले प्रचण्डलाई बुझाएको लिखित सुझावले माओवादीमा तरंग पैदा

Artha Sarokar

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एंव पूर्व सांसद कर्णजित बुढाथोकीले अध्यक्ष प्रचण्डलाई बुझाएको लिखित सुझावले माओवादीवृत्तमा तरंग पैदा गरेको छ ।
उनले प्रचण्डको यस्तै कार्यशैलीले जारी रहे पार्टी, आन्दोलन र मुलुक संकटमा पर्ने चेतावनी लिखित सुझावमा दिइएका छन्  । प्रचण्ड अहिले तत्काल काँग्रेससँग मिलेर क्षणीक फाइदा भएपनि दीर्घकालिन नहुने र यस्ले माओवादीलाई नै घाटा हुने पूर्व सांसद बुढाथोकीको ठहर छ ।
२० जिल्लामा चरम गुटवन्दी रहेको, ३५ जिल्लामा गुटवन्दी चलिरहेको तथा ११ जिल्लामा नयाँ शक्तिका कारण प्रत्यक्ष असर परेको बुढाथोकीको दाबी छ ।
केन्द्रीय सदस्यको संख्या ४ हजार पुग्नुलाई उनले चरम दिशाहिनताका रुपमा औँल्याइएको छ । पार्टी एकतालाई अवसरवादीहरुले भर्याङका रुपमा मात्र उपयोग गर्न खोजेको र पार्टीले गति लिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
बुढाथोकीले दिएको उक्त सुझावमा प्रचण्डको नेतृत्वमाथि पनि घुमाउँरो शैलीमा प्रश्न उठाएका छन् । पाटीभित्रको गुटवन्दीको अवस्थालाई तथ्यसहित प्रस्तुत गर्दै उनले माओवादी यथास्थितिमा चुनाव भए नराम्रोसँग पराजित हुने विश्लेषण गरेका छन् ।
हालै प्रचण्डलाई बुझाइएको गोप्य लिखितमा जनयुद्धमा लडेका योद्धाहरु खाडीमा पसिना चुहाइरहेको तर अवसरवादीहरुले पार्टी कब्जा गर्न थालेको भन्दै बुढाथोकीले दुःख पोखेका छन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी