×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो :प्रचण्ड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो :प्रचण्ड

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रधानमन्त्री ताथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताएका छन् ।
प्रचण्डले भने ‘माओवा दी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर, युगान्तकारी परिवर्तनका मुद्धा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ । हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’
सात नम्वर प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादी एकतामा जोड दिँदै भने, ‘माओवादी एकता आजको आवश्यकता हो ।  मैले सबै माओवादी धाराका नेताहरुसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु । माओवादीको एकताबिना राष्ट्रिय एकता र परिवर्तनका एजेण्डा संस्थागत गर्न सकिँँदैन । परिवर्तनका एजेण्डा कमजोर भए स्वाधिनता खतरामा पर्ने र आन्तरिक एकतामाथि नै चुनौति आउन सक्छ ।’
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: