
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उक्त बैटकमा पार्टीको संगठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिए।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता भुसालले भनिन्, ुबैठकमा राजनीतिक विषयमा कुनै छलफल भएन। पार्टीको आन्तरिक संगठनात्मक विषयमा बैठक केन्द्रित रह्यो। पोलिटब्युरोको संख्या र आगामी कार्ययोजनाबारे बैठकमा छलफल भयो। आज दिउँसो बस्ने पोलिटब्यूरो बैठकले अन्तिम निर्णय गर्नेछ।
पोलिटब्यूरो बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पनि प्रवक्ता भुसालले जानकारी दिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्