
मिठु मल्ल र सुवर्ण ज्वारचन दुई राज्यमन्त्रीले शहरी विकास मन्त्रालय ताकेपछि कर्मचारी समस्यामा परेका छन् । बुधबार सपथग्रहण लगत्तै मिठु मल्ल शहरी विकासमा मन्त्रालयमा पुगेकी थिईन ।
तर सो मन्त्रालयमा नाम प्लेट झुण्डाइएको थियो सुवर्ण ज्वारचनको । झण्डा हल्लाउँदै पुगेकी मिठु मल्लले आफू नै शहरी विकास राज्यमन्त्री भनेपछि कर्मचारीहरुले कागजमा प्रिन्ट गरेर बोर्डमा टाँसेका थिए ।
त्यहाँ अर्काे गाइजात्रा देखियो,मल्लको स्वागत नसक्दै झण्डा हल्लाउँदै सुवर्ण ज्वारचन पनि शहरी विकास मन्त्रालयमा नै आइपुगेपछि । मन्त्रालयका कर्मचारीले उनलाई पनि स्वागत गरेर पदभार ग्रहण गराए ।
तर एउटै मन्त्रालयमा दुई जना राज्यमन्त्री भएर एकै पटक आएपछि स्वागत गर्न र बस्ने ठाउँ मिलाउन अप्ठ्यारो परेको शहरी विकास मन्त्रालयका कर्मचारीले बताए । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भने ज्वारचनलाई शहरी विकास मन्त्रालय र मल्ललाई वाणिज्य मन्त्रालयमा राज्य मन्त्री नियुक्त गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्